अमेरिकामा कोरोनाले मर्नेको सङ्ख्या अढाइ लाख नजिक

अमेरिकामा कोरोनाले मर्नेको सङ्ख्या अढाइ लाख नजिक

काठमाडौँ : विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुक अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या २ लाख ४४ हजार नाघेको छ । त्यस्तै त्यहाँ एक सातामा ८ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित सङ्ख्या १ करोड ४ लाख २१ हजार ८३१ पुगेको हो । दैनिक एक लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएको अमेरिकामा एक सातामा ८ लाख ३२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको हो ।

गत शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा सङ्क्रमण देखिएको अमेरिकामा शनिबार, आइतबार, सोमबार र मङ्गलबार पनि १ लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । गत २४ घन्टामा १ लाख २५ हजार ५६४ जनामा सङ्क्रमण देखिएको छ । उपचार गराइरहेका ३६ लाख २४ हजार ९२६ जनामध्ये १८ हजार ९५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :