नेपालमा आज २,५७१ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या १,१२६ पुग्यो

नेपालमा आज २,५७१ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या १,१२६ पुग्यो

काठमाडाैँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५१ महिला र १ हजार ५२० पुरुष गरी जम्मा २ हजार ५७१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ६३० महिला र ७९८ पुरुष गरी जम्मा १ हजार ४२८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १२६ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ७९८ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । यो कुल संक्रमितको ८१ प्रतिशत हो ।

नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३६ हजार १७४ रहेको छ । त्यसमा आई.सी.यु.मा ४११ जना र भेन्टिलेटरमा ८३ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा २९ हजार ८३६ जना र क्वारेन्टाइनमा ९६७ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही र दाङ रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मनाङ रहेको छ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :