नेकपा राप्ती व्युरोद्वारा घर्तीप्रति श्रद्वाञ्जली व्यक्त

नेकपा राप्ती व्युरोद्वारा घर्तीप्रति श्रद्वाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले पार्टीको ब्युरो सदस्य एवम् प्युठान जिल्ला सेक्रेटरी अजय घर्तीमगरकाे ममतामयी आमा पुर्नि घर्ती (थापा) मगरकी ८४ बर्षको उमेरमा भएको असायमिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । राप्ती ब्युरो इन्चार्ज समरले सोमबार शोक वक्तव्य जारी गर्दै ममतामयी आमा पुर्नि घर्ती (थापा) मगरकाे निधनले दुखित बनाएको भन्दै परिवारजन, आफन्त, स्तमित्र तथा नाता कुटुम्बहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

ब्युरो इन्चार्ज समरद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका राप्ती व्युरो सदस्य तथा प्युठान जिल्लाका सेक्रेटरी कमरेड अजय घर्ती मगरका ममतामयी आमा बर्ष ८४ का पुर्नि घर्ती (थापा) मगरको आज विहान ४ बजे भएको दुःखद् निधनले हाम्रो पार्टी राप्ती ब्युरोलाई दुखित तुल्याएको छ । प्युठान जिल्ला माण्डवी गाउँपालिका वडा नं. ४ निवासी ममतामयी आमा लामो समयदेखि क्यान्सर र एपेन्डीक्स रोगसँग लडिरहनु भएको थियो । दुःखको यस घडीमा मृतक आमाप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दै घरपरिवार, आफन्तजन, स्तमित्र तथा नाता कुटुम्बहरुमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :