विश्वभर कोरोना भाइरसबाट ५ करोड ७ लाख सङ्क्रमित, १२ लाख ६१ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसबाट ५ करोड ७ लाख सङ्क्रमित, १२ लाख ६१ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ : विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १२ लाख ६१ हजार ७४५ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै ५ हजार ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ३६ लाख नाघेको छ । गत २४ घन्टामा ४ लाख ७२ हजार ४६८ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ३६ लाख ७५ हजार ९९४ पुगेको छ ।

उपचार गराइरहेका मध्ये ९२ हजार ६२४ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ । कुल सङ्क्रमितको सङ्ख्या भने ५ करोड ७ लाख ३१ हजार १५१ पुगेको छ । यसमध्ये युरोपमा मात्रै १ करोड २१ लाख ४७ हजार ५८३ जनामा सङ्क्रमण भएको छ ।

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या २ लाख ४३ हजार नाघेको छ । अमेरिकामा पाँच दिनयता लगातार एक लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा सङ्क्रमण देखिएको थियो । शनिबार, आइतबार, सोमबार पनि १ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । अमेरिकामा पछिल्लो २४ घन्टामा १ लाख २ हजार ७२६ जनामा सङ्क्रमण भएको छ । त्यहाँ कोरोना सङ्क्रमित सङ्ख्या १ करोड २ लाख ८८ हजार ४८० पुगेको छ ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :