नेकपाद्वारा बिरामी अवस्थामै गिरफ्तार गरिएका खड्काको तत्काल रिहाइको माग

नेकपाद्वारा बिरामी अवस्थामै गिरफ्तार गरिएका खड्काको तत्काल रिहाइको माग

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले प्रेस विज्ञप्ति जारी गर्दै बिरामी अवस्थामा रहेका नेकपा सिन्धुलीका जिल्ला समिति सदस्य भरत खड्कालाई प्रहरीले घर छापामारेर गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । जिल्ला सेक्रेटरी प्रसिद्धले जारी गरेको विज्ञप्तिमा सरकारलाई पार्टीविरुद्धका सम्पूर्ण गतिविधि अविलम्ब बन्द चेतावनी पनि दिइएको छ ।

प्रसिद्धको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी पछिल्लो समय कोरोना कहरबाट प्रभावित आमनेपाली नागरिकको जीवनस्तरलाई ध्यान दिँदै आवश्यक राहत वितरण तथा स्वास्थ्यसँग सम्बन्धित जनचेतना जगाउँदै निरन्तर जनताको सेवामा अग्रमोर्चामा रहेर काम गरिरहेको सर्वविदितै छ । तर यो दलाल फासिवादी सरकार र यसका गृह प्रशासन भने हाम्रो पार्टीका विरुद्ध गाउँगाउँमा खानतलासी गर्ने र नेता–कार्यकर्ताको गिरफ्तार गर्न तल्लीन देखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसैको पछिल्लो कडीका रूपमा हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी, सिन्धुलीका जिल्ला समिति सदस्य क. भरत खड्कालाई यही मिति २०७७/०७/२३ गते आइतबारका दिन बिहान बिरामी भएर घरमै सुतिरहेको अवस्थामा बिनाकारण यो दलाल फासिवादी सरकारका गृह प्रशासनद्वारा गिरफ्तार गरिएको छ । हाम्रो पार्टी क. भरत खड्काको रिहाइको जोडदार माग गर्दछ र हाम्रो पार्टी विरुद्धका सम्पूर्ण गतिविधि अविलम्ब बन्द गर्न यो दलाल फासिवादी सरकार र यसका गृह प्रशासनलाई चेतावनी दिन चाहन्छौँ । अन्यथा उत्पन्न परिस्थितिको जिम्मेवार यो दलाल फासिवादी सरकार र यसका गृह प्रशासन स्वयम् हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :