नेकपा बैतडीद्वारा जिल्लाभर विरोध प्रदर्शन

नेकपा बैतडीद्वारा जिल्लाभर विरोध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बैतडीले जिल्लाका विभिन्न ठाउँमा सरकारविरुद्ध प्रदर्शनसहित राजनीतिक–वैचारिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा बैतडीका जिल्लासचिव परिवर्तनका अनुसार कोरोना रोकथाममा सरकारको लापरबाही र राष्ट्रियताविरुद्ध भइरहेको गतिविधिका विरुद्ध प्रदर्शनसहित राजनीतिक तथा साङ्गठनिक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै बैतडी जिल्लासचिव परिवर्तनले सरकार कोरोनाको महामारी फैलिएको बेला जनताको निःशुल्क उपचार गर्नुको सट्टा उल्टै भ्रष्टाचारमा डुबेको बताए । उनले राष्ट्रियता कमजोर हुँदै गएकाले यसको रक्षाका लागि क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने धा।णा पनि राखे । परिवर्तनले जनतालाई पूर्ण रूपमा कोरोनाको उपचार खर्च नबेहोरे अझै सशक्त सङ्र्घषमा उत्रने चेतावनी दिए ।

विरोध प्रदर्शनमा नेकपाका नेता–कार्यकर्ताले आमनागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर, कोरोनाका नाममा कमिसनतन्त्र र व्यापारीकरण बन्द गर, भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर, कालापानीबाट भारतीय सेना फिर्ता गर, नेपाली सार्वभैमिकताको रक्षा गर, भ्रष्टाचारी, दलालहरू खबरदार, एकीकृत जनक्रान्ति जिन्दावादलगायत नारा लगाएका थिए ।

यसैबीच नेकपाले जिल्लाका विभिन्न ठाउँमा वालिङ, पोस्टर वितरण, कोणसभा, सङ्गठन विस्तार, स्कुलिङ तथा प्रशिक्षण कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :