नेपालमा आज २,८१७ जना कोरोना सङ्क्रमित थपिए, २१ जनाको मृत्यु

नेपालमा आज २,८१७ जना कोरोना सङ्क्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ८१७ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । त्यसमा काठमाडौँ १ हजार २९४, ललितपुर १६२ र भक्तपुर ७७ जना थपिएसँगै उपत्यकामा १ हजार ५३३ जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा १२ हजार ३११ नमुना परीक्षण गर्दा १ हजार १६६ महिला र १ हजार ६५१ जना पुरूषमा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप २१ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या १ हजार १०८ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार ८१२ जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । यो कुल संक्रमितको ८१ दशमलब १ प्रतिशत हो ।

मन्त्रालयका अनुसार नेपालमा आज सक्रिय सङ्क्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । त्यसमा आई।सी।यु।मा ३९८ जना र भेन्टिलेटरमा ८२ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना, होम आइसोलेसनमा २९ हजार १९७ जना र क्वारेन्टाइनमा १ हजार १४९ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही र दाङ रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :