नेपालमा आज २,९०९ जना कोरोना सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

नेपालमा आज २,९०९ जना कोरोना सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९०९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। त्यसमा काठमाडौँ उपत्यकामा ५७० महिला र ७६८ पुरुष थपिएसँगै उपत्यकामा १ हजार ३३८ जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा १० हजार १५३ नमुना परीक्षण गर्दा १ हजार ७७६ जना पुरुष र १ हजार १३३ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप १८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या १ हजार ७० पुगेको छ । पछिल्लो २४ घन्टामा ४ हजार ५०० जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । यो कुल संक्रमितको ८१ प्रतिशत हो ।

नेपालमा आज सक्रिय सङ्क्रमितको संख्या ३४ हजार ९०५ रहेको छ । त्यसमा आई.सी.यु.मा ३८० जना र भेन्टिलेटरमा ८३ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा २८ हजार ९९३ जना र क्वारेन्टाइनमा १ हजार २५४ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही र दाङ रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :