सरकारविरुद्ध बैतडी र दोलखामा विरोध प्रदर्शन

सरकारविरुद्ध बैतडी र दोलखामा विरोध प्रदर्शन

काठमाडौँ : वली सरकारले कोरोना महामारीमा परेका जनताको उपचार नगर्ने निर्णय गरेपछि आन्दोलित नेकपाले पार्टीद्वारा घोषित सङ्घर्षको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभर सरकारका विरुद्ध प्रदर्शन गरेका थप समाचार प्राप्त भएका छन् ।

त्यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी बैतडी जिल्लाको आयोजनामा विभिन्न गाउँपालिका र नगरपालिकाहरुमा वर्तमान सरकार जनताप्रति दिनप्रतिदिन गैरजिम्मेवार बन्दै राष्ट्रघात, जनघात र भ्रष्टाचारमै मौलाउँदै गएको भन्दै विरोध प्रदर्शन भएका छन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्लाको आयोजनामा पनि भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमण राष्ट्रघाती भएको भन्दै मसाल जुलुससहित विरोध प्रदर्शन गरेको छ । भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणको बिरोधमा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नम्बर ३ स्थित स्याउले बजारमा मसाल जुलुससहित कोणसभा गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

कोणसभामा बोल्दै जिल्ला सेक्रेटरी करणले भारतीय सेना प्रमुखको भ्रमण नेपालको राष्ट्रियता र स्वाभिमानका विरुद्ध भएको भन्दै सबै जनताले बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुपर्ने बताए । मसाल जुलुसको नेतृत्व सेक्रेटरी करणले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :