क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा सरकारविरुद्ध प्रदर्शन

क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ : कोरोना महामारीबाट सङ्क्रमितहरूलाई उपचार नगर्ने सरकारी निर्णयविरुद्ध मजदुरहरूले ललितपुरमा र्याली निकालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको नेतृत्वमा उपत्यका विशेष क्षेत्रीय समन्वय समितिले ललितपुर च्यासलबाट बिहीबार र्याली निकालेको प्राप्त समाचारमा जनाइएको छ ।

सयौँको सङ्ख्यामा मजदुर नेता तथा कार्यकर्ता सहभागी भएको र्यालीले च्यासलका सडकमा सरकारका विरुद्ध चर्का नारा लगाएको थियो । उक्त र्यालीमा प्रहरीले हस्तक्षेप गरेको र हस्तक्षेपलाई छिचोल्दै र्याली अगाडि बढेको पनि समाचारमा जनाइएको छ ।

विरोधर्यालीलाई महासङ्घका संयोजक विनोद थापा, समन्वय समितिका संयोजक शिशिर थापामगर र महासङ्घका केन्द्रीय सदस्यहरूले अगुवाइ गरेका थिए ।

जुलुसको नेतृत्व महासङ्घका तर्फबाट सरोजप्रसाद न्यौपाने र जिल्ला महासङ्घका अध्यक्षहरूले गरेको पनि प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :