केन्द्रीय जनपरिषद्‌द्वारा सीता महराप्रति श्रद्धाञ्जली

केन्द्रीय जनपरिषद्‌द्वारा सीता महराप्रति श्रद्धाञ्जली

काठमाडौँ : केन्द्रीय जनपरिषद् नेपाल, केन्द्रीय कार्यालयले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकमग्न महरा परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । केन्द्रीय जनपरिषद् नेपालका प्रमुख सन्तोष बुढामगरले श्रद्धाञ्जली एवम् समवेदना वक्तव्य प्रकाशित गरी सीता महराले लामो समय रोल्पा जिल्लामा कर्मथलो बनाई जनयुद्धको भीषण उतारचढावको प्रक्रियामा सिङ्गो परिवारलाई नै पार्टीकरण गर्ने कार्यमा साथ दिएको स्मरण गर्दै उनीप्रति सबै क्रान्तिकारी नेता–कार्यकर्ता र जनसमुदायको सम्मान र सद्भाव रहेको उल्लेख गरेका छन् ।

जनपरिषद् प्रमुख सन्तोष बुढामगरको वक्तव्यमा भनिएको छ, ‘पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको ५९ वर्षको उमेरमा आजै निधन भएको खबरले हामीलाई अत्यन्तै दुखित तुल्याएको छ । लामो समय रोल्पा जिल्लामा कर्मथलो बनाई विगत जनयुद्धको भीषण उतारचढावको प्रक्रियामा सिङ्गो परिवारलाई नै पार्टीकरण गर्ने कार्यमा साथ दिनुहुने उहाँप्रति सबै क्रान्तिकारी नेता–कार्यकर्ता र जनसमुदायको सम्मान र सद्भाव रही आएको विषय यतिबेला स्मरणीय रहेको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘हामी आदरणीय सीता महराप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र शोकमग्न सम्पूर्ण परिवारजनप्रति धैर्यधारणको कामनासहित हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’ वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :