नेपालमा आज ३,३०९ जना कोरोना सङ्क्रमित थपिए, ३० जनाको मृत्यु

नेपालमा आज ३,३०९ जना कोरोना सङ्क्रमित थपिए, ३० जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ३०९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । त्यसमा काठमाडौँ १ हजार ५७०, ललितपुर १८९ र भक्तपुर ११९ जना थपिएसँगै उपत्यकामा १ हजार ८७८ जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा १ हजार ३०४ महिला र २ हजार ५ जना पुरूषमा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप ३० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या १ हजार ३४ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८४४ जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । यो कुल संक्रमितको ७९ दशमलब ३ प्रतिशत हो ।

मन्त्रालयका अनुसार नेपालमा आज सक्रिय सङ्क्रमितको संख्या ३६ हजार ९११ रहेको छ । त्यसमा आई.सी.यु.मा ३७९ जना र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३० हजार १३१ जना र क्वारेन्टाइनमा १ हजार ३०५ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही र दाङ रहेका छन्, भने सून्य संक्रमित भएको जिल्लाहरु : मनाङ र बाजुरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :