पूर्वसभामुख महरालाई पत्नीशोक

पूर्वसभामुख महरालाई पत्नीशोक

काठमाडौँ : पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ । महाराकी पत्नी सीताको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको जनाइएको छ । केही दिनअघिदेखि गम्भीर बिरामी भएर उपचार गराइरहेकी सीताको बुधबार बिहान ६ः२५ बजे उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

महरापत्नी सीता दसैँमा रोल्पास्थित घरमै बिरामी परेकी थिइन् । उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि सीतालाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा पीसीआर टेस्ट गर्दा उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । त्यसपछि १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको उपचारकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :