नेपालमा आज २,८२४ जना कोरोना सङ्क्रमित थपिए, २३ जनाको मृत्यु

नेपालमा आज २,८२४ जना कोरोना सङ्क्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ४६ महिला र १ हजार ७७८ पुरुष गरी जम्मा २ हजार ८२४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ६३७ महिला र ९८५ पुरुष गरी जम्मा १ हजार ६२२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३ हजार २३ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २३ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ६२० जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । यो कुल संक्रमितको ७७ दशमलव ७ प्रतिशत हो ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । त्यसमा आई.सी.यु.मा २८३ जना र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३१ हजार ३९४ जना र क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ र कैलाली रहेका छन् भने सून्य संक्रमित भएको जिल्लाहरु : मुस्ताङ, मनाङ र बाजुरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :