अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा उपत्यकाको विभिन्न स्थानमा कोणसभा

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा उपत्यकाको विभिन्न स्थानमा कोणसभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आयोजनामा उपत्यका क्षेत्रीय समन्वय समितिले उपत्यकाको विभिन्न स्थानमा सरकारको विरोधमा कोणसभा सम्पन्न गरेको छ । नेकपाले आयोजना गरेको घोषित सङ्घर्षको कार्यक्रलाई समर्थन जनाउदै काठमाडौँ जिल्लामा तीन ठाउँमा, ललितपुर र भक्तपुरमा एक–एक ठाँउमा गरि पाँच स्थानमा कोणसभा गरिएको समाचारमा जनाइएको छ ।

रातो खबरलाई प्राप्त जानाकारी अनुसार कोणसभामा कालो ब्यानरसहित मजदुर नेता कार्यकर्ता जम्माभइँ भ्रष्ट सरकारको विरुद्ध नारा लगाउँदै कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था, कोरोनाको नाममा भइरहेको सबैखाले भ्रष्टाचारको अन्त्यको माग राख्दै माहामारी नियन्त्रण अभियानको क्रममा ज्यान जोखिममा राखी रातदिन खटिरहेका सम्पूर्ण सुरुक्षार्की, प्रहरी, स्वास्थकर्मी, पत्रकार र सरसफाईकर्मी लगायतलाई विशेष आर्थिक सुबिधा स्वास्थ र सामाजिक सुरक्षाको उचित ब्यवस्थाको माग गरेका थिए ।

कोणसभालाई जिल्ला महासंघका नेता र उपत्यका विशेष क्षेत्रीय समन्वय समिति मातहतमा रहेका पेशागत संघका मजदुर नेताहरूले सम्बोधन गरेका थिए । महासंघका संयोजक क्षेत्रीय समन्वय समितिका संयोजक र महासंघका केन्द्रीय समितिका सदस्यहरुको समेत उपस्थितिमा कोणसभा सम्पन्न भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :