विदुषीलाई तत्काल रिहा नगरे कडा प्रतिवाद गर्ने नेकपाको चेतावनी

विदुषीलाई तत्काल रिहा नगरे कडा प्रतिवाद गर्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरोले पार्टीका ब्युरो सदस्य तथा ललितपुर जिल्ला सेक्रेटरी विदुषीलाई शनिबार साँझ आठ बजे वली सरकारको बादल गृह प्रशासनले गिरफ्तार गरेको घटनाप्रति घोर विरोध गर्दै तत्काल रिहाइको जोडदार माग गरेको छ । उपत्यका विशेष ब्युरो इन्चार्ज मिलनले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीमाथि प्रतिबन्ध लगाइसकेपछि बादल गृहप्रशासनले देशभर पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, शुभचिन्तक र सर्वसाधारण जनतामाथि गिरफ्तार गर्ने, झुट्टा मुद्दा लगाउने, जेल–हिरासत घुमाउने, अनावश्यक घर खानतलासी गर्ने, परिवारका सदस्यहरूलाई मानसिक यतना दिनेजस्ता अलोकतान्त्रिक र निर्लज्ज, गलत र घृणित कार्यको पार्टीले डटेर प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

ब्युरो इन्चार्ज मिलनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले देशमा भइरहेको राष्ट्रघात, जनघात, भस्टचार, कालोकजारी तस्करी, अनियमितताका साथै, जनता र राष्ट्रहित विपरीत केपी नेतृत्वको सरकारको दलाल फासिवादी गतिविधिका विरुद्ध आन्दोलनरत भइरहेको कुरा सर्वविदितै छ । त्यसका साथै, एकीकृत जनक्रान्तिको महान् र गौरवपूर्ण यात्रामा अघि बढिरहेको छ । पार्टीमाथिको प्रतिबन्ध लगाइसकेपछि बादल गृहप्रशासनले देशभर पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, शुभचिन्तक र सर्वसाधारण जनतामाथि गिरफ्तार गर्ने, झुट्टा मुद्दा लगाउने, जेल–हिरासत घुमाउने, अनावश्यक घर खानतलासी गर्ने, परिवारका सदस्यहरूलाई मानसिक यतना दिनेजस्ता अलोकतान्त्रिक र निर्लज्ज कार्यमा लागिरहेको छ ।’

इन्चार्ज मिलनले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यसै सन्दर्भमा हाम्रो पार्टीका ब्युरो सदस्य तथा ललितपुर सेक्रेटरी कमरेड विदुषीलाई हिजो राती कात्तिक १५ गते साँझ आठ बजे प्रहरीले गिरफ्तार गरेको छ । राज्यको यस प्रकारको कार्यको घोर विरोध गर्दै कमरेड विदुषीको तत्काल रिहाइको जोडदार माग गर्दछ । नेपाली जनताका विरुद्ध राज्यको हरप्रकारका गलत र घृणित कार्यको पार्टीले डटेर प्रतिवाद गर्ने कुरा स्पस्ट पार्दै त्यस प्रकारको परिस्थितिबाट उत्पन्न हुने परिवेशको जिम्मेवारी फासिवादी केपी नेतृत्वको दलाल पुँजीवादी सरकार नै हुनेछ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :