नेकपा कैलालीले सरकारविरुद्ध विभिन्न स्थानमा कोणसभा गर्यो

नेकपा कैलालीले सरकारविरुद्ध विभिन्न स्थानमा कोणसभा गर्यो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार कैलाली जिल्लाले विभिन्न स्थानमा कोणसभा सम्पन्न गरेको बताएको छ । जिल्लाको घोडाघोडी नगर कमिटी र युवा संगठन नेपाल कैलालीको सयुक्त आयोजनामा कोणसभा सम्पन्न भएको छ । कैलालीको घोडाघोडी –५ सरैयामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सञ्चालन युवा संगठन नेपाल कैलालीका अध्यक्ष विष्णु देवकोटाले गरेका थिए भने समापन घोडाघोडी नगर इन्चार्ज भरत शाहले सम्बोधन गरेका थिए । अतिथिमा युवा संगठन नेपाल कैलालीका उपाअध्यक्ष पुष्प भट्ट, घोडाघोडी नगरका एरिया सचिवलगायत दर्जनौ कार्यकर्ताको उपस्थिति रहेको थियो । सयौँ जनाको सङ्ख्यामा जनसमुदयको उपस्थिति रहेको समाचारमा जनाइएको छ ।

यसैगरी कैलालीको बर्दगोरिया गाउपलिका–५ भरुवामा कार्यक्रम गरिएको छ । कार्यक्रममा बर्दगोरिया इन्चार्ज हृदय बोगटी लगायत एरिया कमिटी सदस्य प्रदिप विक लगायत दर्जनौ कार्यकर्ता र युवाहरुको उपस्थिति रहेको थियो ।

कोरोना महामारीको समयमा सरकारले पूरा गर्नुपर्ने न्यूनतम् जिम्मेवारीबाट समेत सरकार र उसका निकायहरू पूर्णतः असफल भएको र चरम भ्रष्टाचारमा डुबेको भन्दै त्यसको विरोधस्वरूप प्रदर्शन गरेको नेकपा कैलालीले जनाएको छ । कोरोना महामारीको समयमा अहोरात्र कार्यक्षेत्रमा खटिने डाक्टर, नर्स, सुरक्षा निकाय, प्रहरीलगायतको उचित व्यवस्थापन गर्न माग गर्दै जनतालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन र कोरोनाका कारण प्रतिकूल परिस्थितिमा स्वास्थ्य परीक्षणका नाममा कुनै शुल्क नअसुल्नसमेत नेकपाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :