नेकपा काठमाडौँद्वारा सरकारविरुद्ध दर्जनौँ स्थानमा कोणसभा

नेकपा काठमाडौँद्वारा सरकारविरुद्ध दर्जनौँ स्थानमा कोणसभा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौँका विभिन्न स्थानहरुमा कोणसभा सम्पन्न भएका छन् । कोरोनाको निःशुल्क उपचार, कोरोना महामारीको नाममा भइरहेका भ्रष्टाचार र व्यपारीकरण बन्द गर्न र नेपालीभूमि कालापानीबाट भारतीय सेना फिर्ताको माग गर्दै कोणसभा गरेको हो ।

केन्द्रीय कार्यक्रमअनुसार नेकपा काठमाडौँको आयोजनामा प्रतिबन्धलाई छल्दै कोटेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै काठमाडौँ जिल्ला सेक्रेटरी पवनले सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय गर्नु गैरजिम्मेवारीको पराकाष्टा भएका बताउँदै निःशुल्क उपचारको व्यवस्था गर्न माग समेत गरे । नेपाली भूमिबाट भारतीय सेना फिर्ताको पहल गर्न छोडेर कुटनीतिक मर्यादा विपतरीत प्रधानमन्त्री केपी वलीले भारतीय गुप्तचर विभागका प्रमुखलाई भेट्नु आपत्तिजनक भएको बताउँदै पवनले वलीको राष्ट्रवादको मुकुण्डो खुस्किएको बताए ।

त्यसैगरी जिल्ला सदस्य अविरलले, सरकारले नै भ्रष्टाचारलाई संरक्षण दिइरहेको बताउँदै आफ्नो पार्टीले त्यस्ता भ्रष्टहरुको लिष्ट तयार गरिरहेको बताउँदै कारवाही नगरे जनसरकारले गर्ने चेतावनी दिए ।

यसैगरी गोकणेश्वरको सहिद पार्कमा आयोजित कोणसभालाई पदम रसाइली र श्रीकृष्णले सम्बोधन गरेका थिए । दक्षिणकालीको छैमलेमा आयोजित कोणसभालाई निश्चल र मिसन, नगार्जुनको स्वीचाटारमा आयोजित कोणसभालाई प्रताप र ग्याल्बोले सम्बोधन गर्दै सरकार जनविरोधी कार्यमा अगाडि बढेको भन्दै विरोध गरेका थिए ।

त्यस्तै नेकपा काठमाडौँले शनिबार नै टोखाको भत्केपुल र चन्द्रागिरीको गुर्जुधारालगायतका स्थानहरुमा स्थानीयको सहभागीतामा कोणसभालाई सम्पन्न गरेको जनाइएको छ । चन्द्रागिरीको कार्यक्रमलाई रमेश र टोखाको कोणसभालाई विज्ञानले सम्बोधन गरेका थिए । वक्ताहरुले सरकार भारतको दलालीमा लागेको र कोरोनाका उपचारबाट पन्छिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :