नेपालमा आज २,३६४ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ९०४ पुग्यो

नेपालमा आज २,३६४ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ९०४ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ३६४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । त्यसमा काठमाडौँ उपत्यकामा ७०४ महिला र ९११ पुरुष थपिएसँगै उपत्यकामा १ हजार ६१५ जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा ९ हजार ७६९ नमुना परीक्षण गर्दा १ हजार ३८० जना पुरुष र ९८४ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप १७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या ९०४ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ३८ जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख २४ हजार ८६२ पुगेको छ । यो कुल संक्रमितको ७५ दशलब ८ प्रतिशत हो ।

नेपालमा आज सक्रिय सङ्क्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । त्यसमा आई.सी.यु.मा ३०४ जना र भेन्टिलेटरमा ७६ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३१ हजार ८९८ जना र क्वारेन्टाइनमा २ हजार ६८९जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ र कैलाली रहेका छन्, भने सून्य संक्रमित भएको जिल्ला मुस्ताङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :