प्रतीक र विज्ञानलाई रिहा नगरिए ठूलो मूल्य चुकाउनुपर्ने नेकपाको चेतावनी

प्रतीक र विज्ञानलाई रिहा नगरिए ठूलो मूल्य चुकाउनुपर्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गरी पार्टी कामको सिलसिलामा रहेका ब्युरो सदस्य काशीराम घिमिरे ‘प्रतीक’ र पार्टी सदस्य विज्ञान राईलाई अपहरण शैलीमा गिरफ्तार गरी जनतालाई समेत आतङ्कित पारेको भन्दै गिरफ्तार व्यक्तिहरूलाई रिहा नगरिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

ब्युरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरी शान्तिपूर्ण ढङ्गले पार्टी काममा रहेका दुईजनालाई अपहरण शैलीमा गिरफ्तार गरी जनताको घरमा भएका लत्ताकपडा तथा खाद्यान्नका सामानसमेत जलाएर नष्ट गराई जनतालाई आतङ्कित पारेको भन्दै सरकारलाई चेतावनी दिएका हुन् ।

प्रतापले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका ब्युरो सदस्य काशीराम घिमिरे ‘प्रतीक’ र पार्टी सदस्य विज्ञान राईलाई केपी–बादल नेतृत्वको सामाजिक फासिवादी सरकारको ठाडो आदेशमा २०७७/०७/१२ गते मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा शान्तिपूर्ण ढङ्गले पार्टी काममा रहेका बेला अपहरण शैलीमा पक्राउ गरिएको र जनताको घरमा भएका लत्ताकपडा तथा खाद्यान्नका सामानसमेत जलाएर नष्ट गराई जनतालाई आतङ्कित बनाएको घटनाप्रति घोर भत्र्सना गर्दछौँ । पक्राउ गरिएका हाम्रा जिम्मेवार कार्यकर्तालाई ससम्मान रिहाइको माग गर्दछौँ । अन्यथा सामाजिक फासिवादी दलाल सरकार र उसका मतियारहरूले महँगो मूल्य चुकाउनुपर्ने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :