विश्वभर कोरोना सङ्क्रमणबाट ११ लाख ७८ हजार ५२७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या साढे चार करोड

विश्वभर कोरोना सङ्क्रमणबाट ११ लाख ७८ हजार ५२७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या साढे चार करोड

काठमाडौँ : संसारभर कोरोना भाइरस सङ्क्रमणबाट ११ लाख ७८ हजार ५२७ जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमण सुरु भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढी मानिसमा सङ्क्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

वर्ल्डोमिटर्सले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको र त्यसमध्ये ८१ हजार १६६ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

समाचारअनुसार गएको २४ घन्टामा ७ हजार १०४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ । विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ८५ लाख ३ नाघेको र पछिल्लो २४ घन्टामा २ लाख ६५ हजारभन्दा धेरै निको भएर घर फर्किएको पनि समाचारमा उल्लेख छ ।

सबैभन्दा धेरै सङ्क्रमित भएको अमेरिकामा ९१ लाख १८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । दोस्रो धेरै सङ्क्रमण भएको मुलुक भारतमा सङ्क्रमित सङ्ख्या ८० लाख नाघेको छ । यस्तै ब्राजिलमा सङ्क्रमित सङ्ख्या ५४ लाख ६९ हजार पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट युरोपेली मुलुकहरूमा २ लाख ५७ हजार ४५४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :