श्रीमानलाई पार्टी छोड्न लगाऊ भन्दै प्रहरीद्वारा नेकपा कार्यकर्ताकी पत्नीलाई धम्की

श्रीमानलाई पार्टी छोड्न लगाऊ भन्दै प्रहरीद्वारा नेकपा कार्यकर्ताकी पत्नीलाई धम्की

काठमाडौँ : तनहुँ जिल्ला प्रहरी कार्यालयका बिनाबर्दीका प्रहरीले यही कात्तिक १२ गते नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य निरु थापाको घर खानतलासी गरी लत्ताकपडा र बिस्तरा भताभुङ्ग बनाएको छ । घरमा एक्लै रहेकी उनकी श्रीमतीलाई किन पार्टीमा पठाएको भन्दै अमानवीय तरिकाले गालीगलौज गरेको र पार्टी छोड्न लगाउनू भन्ने आदेश दिएर आतङ्कित बनाएको तनहुँबाट प्राप्त समाचारमा जनाइएको छ ।

सरकार एकातिर भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयललाई प्रधानमन्त्रीको निवासमा सुटुक्क निम्त्याएर गोप्य वार्ता गरी लिपुलेक, कुटीलगायत नेपाली भूमिमाथि दाबी नगर्ने सहमति गरिरहेको छ भने अर्कातिर प्रहरी लगाएर आफ्नै देशका जनतालाई आस्थाका आधारमा गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाई जेलनेल लगाउने राष्ट्रघाती, जनघाती कार्य गरिरहेको भन्दै आमजनसमुदाय आक्रोश व्यक्त गरिरहेका छन् । सरकारले देशभक्तहरुलाई जेलमा पठाएर दलाल, भ्रष्टाचारी र बलात्कारीलाई खुला छाडिरहेको भन्दै सर्वसाधारण सरकारसँग चिढिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले लिएको विचार, राजनीति र कार्यदिशासँग त्रसित सरकार पार्टीमाथि प्रतिबन्ध लगाएर दमन र धरपकडमा तल्लीन रहेकाले प्रतिरोधशिवाय अन्य विकल्प नरहेको नेकपा तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :