मेस्सीको उत्कृष्ट गोलमा बार्सिलोना विजयी, युभेन्टस पराजित

मेस्सीको उत्कृष्ट गोलमा बार्सिलोना विजयी, युभेन्टस पराजित

काठमाडौँ : लियोनल मेस्सीको गोलमा च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसमाथि सानदार जित हासिल गरेको छ ।

च्याम्पियन्स लिगको समूह जी अन्तर्गतको बुधबार राति भएको दोस्रो खेलमा बार्सिलोनाका ओउसमान डेम्बेले र लियोनल मेस्सीले एक–एक गोल गर्दै युभेन्टसलाई उसैको घरेलु मैदानमा २–० अन्तरले पराजित गरेको हो ।

खेलको १४औँ मिनेटमा डेम्बेलेले मेस्सीको असिस्टमा गोल गरे भने, ९१औँ मिनेटमा पेनाल्टीबाट मेस्सीले गोल गर्दै बार्सालाई २–० को अन्तरले जित दिलाए ।

खेलको ८५औँ मिनेटमा युभेन्टसका मरिह डेमिरलले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको युभेन्टसले ९१औँ मिनेटमा अर्को गोल खाएको हो ।

अव बार्सिलोना समूह जीमा दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने युभेन्टसको २ खेलमा ३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :