नेपालमा आज १,९५४ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८८७ पुग्यो

नेपालमा आज १,९५४ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८८७ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७५८ महिला र १ हजार १९६ पुरुष गरी जम्मा १ हजार ९५४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३६८ महिला र ४७५ पुरुष गरी जम्मा ८४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार २४८ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९८१ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । यो कुल संक्रमितको ७५ प्रतिशत हो ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३९ हजार ६४३ रहेको छ । त्यसमा आई.सी.यु.मा २९० जना र भेन्टिलेटरमा ७२ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३१ हजार ९३४ जना र क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ र कैलाली रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मुस्ताङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :