नेपालमा आज ५७० जना कोरोना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

नेपालमा आज ५७० जना कोरोना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५७० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६० हजार ४०० पुगेको छ । त्यसमा काठमाडौँ उपत्यकामा ९७ महिला र १५५ पुरुष थपिएसँगै उपत्यकामा २५२ जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा २ हजार ७२५ नमुना परीक्षण गर्दा ३५९ जना पुरुष र २११ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप १४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या ८७६ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार १६८ जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख १८ हजार ८४३ पुगेको छ । यो कुल संक्रमितको ७४ दशलब १ प्रतिशत हो ।

नेपालमा आज सक्रिय सङ्क्रमितको संख्या ४० हजार ६८१ रहेको छ । त्यसमा आई.सी.यु.मा २८१ जना र भेन्टिलेटरमा ७१ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३२ हजार ४६४ जना र क्वारेन्टाइनमा २ हजार ९३२ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत रहेका छन्, भने सून्य संक्रमित भएको जिल्ला मुस्ताङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :