नेकपा दैलेखद्वारा बाढीपीडितलाई राहत वितरण

नेकपा दैलेखद्वारा बाढीपीडितलाई राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका विभिन्न भागमा गत भदौमा बाढीपहिरोबाट पीडित भएका सर्वसाधारणलाई राहतस्वरुप चामल, दाल र तेल वितरण गरेको छ ।

नेकपाले दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरेगाउँका टीकाराम कठायत, दानबहादुर कठायत, बलबहादुर नेपाली, लीला नेपाली, कर्णबहादुर कठायत, रणबहादुर शाही र मनबहादुर विक, आठबिस नगरपालिका वडा नं. १ सात्तलाका केशव नेपाली, कुलबहादुर विक, हर्क विक, महादेव खनाल र चुर्कुलो विक, चामुन्डा विन्द्रासैनी नगरपालिका वडा नं ७ लयाँटी विन्द्रासैनीका जगत शाही, मोती शाही, जनक शाही, धीरबहादुर शाही, वडा नं ९ का भूपेन्द्र शाहीलगायत विस घरधुरी बाढीपिडित परिवारलाई राहतस्वरूप चामल, दाल र तेल वितरण गरेको हो ।

जिल्लाका प्रत्येक बाढीपीडित धरधुरीलाई राहतका रूपमा ३० केजीका दरले एकएक बोरा चामल, दाल र तेल वितरण गरिएको र यसले जनता र पार्टीको सम्बन्ध थप प्रगाढ भएको नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दीपेन्द्रले बताए ।

गत भदौ २ गतेको अविरल वर्षाले दैलेखका विभिन्न ठाउँमा बाढीपहिरो आउँदा मानवीय र भौतिक क्षति भएको थियो । पार्टीमाथि सरकारले राजनीतिक प्रतिबन्ध लगाउँदालगाउँदै पनि केही समयअगाडि नेकपा दैलेखले दसैँमा भीडभाड बढ्ने र कोरोना सङ्क्रमण बढ्नसक्ने भन्दै राहतस्वरूप सेनिटाइजर र मास्क वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :