प्राध्यापक भण्डारीप्रति अखिल क्रान्तिकारीको श्रद्धाञ्जली

प्राध्यापक भण्डारीप्रति अखिल क्रान्तिकारीको श्रद्धाञ्जली

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाँकेले श्रद्धाञ्जली एवम् समवेदना विज्ञप्ति जारी गर्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्राध्यापक डोलबहादुर भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । जिल्ला अध्यक्ष डीबी शाहीद्वारा जारी विज्ञप्तिमा यही कात्तिक ७ गते भण्डारीको ५० वर्षको उमेरमा निधन भएकाले जिल्लाको शिक्षा क्षेत्रलाई अपूरणीय क्षसत भएको पनि उल्लेख छ ।

शाहीले विज्ञप्तिमा भनेका छन्, ‘बाँके जिल्ला मात्र नभएर पश्चिम क्षेत्रकै पुरानो र प्रतिष्ठित क्याम्पसका रूपमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा लामो समयदेखि शिक्षण पेसा अँगाल्दै आउनुभएका बाँकेको खजुरा गाउँपालिका निवासी प्राध्यापक आदरणीय डोलबहादुर भण्डारीको यही मिति २०७७ कात्तिक ७ गतेका दिन ५० वर्षको उमेरमा भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा भएको असामयिक निधनको खबरले हाम्रो सङ्गठनलाई निक्कै दुःखी एवम् स्तब्ध बनाएको छ । उहाँको निधनले बाँके जिल्लाको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति हुन पुगेको छ । यस दुःखद् घडीमा आदरणीय प्राध्यापक डोलबहादुर भण्डारीप्रति हाम्रो गौरवशाली सङ्गठन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :