नेपालमा आज १,७४१ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८६२ पुग्यो

नेपालमा आज १,७४१ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८६२ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६७७ महिला र १ हजार ६४ पुरुष गरी जम्मा १ हजार ७४३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३८० महिला र ५१५ पुरुष गरी जम्मा ८९४ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ६ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८६२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ५ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ४ प्रतिशत हो ।

यसैगरी नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४३ हजार २९३ रहेको छ । त्यसमा आई.सी.यु.मा २८५ जना र भेन्टिलेटरमा ६४ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३२ हजार ६०७ जना र क्वारेन्टाइनमा २ हजार ९६९ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मुस्ताङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :