झापाली योद्धा मैनालीप्रति नेकपाले दियो श्रद्धाञ्जली !

झापाली योद्धा मैनालीप्रति नेकपाले दियो श्रद्धाञ्जली !

काठमाडौँ : नेपाल कमयुनिस्ट पार्टीले झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म निरन्तर क्रान्तिमा लामबद्ध झापाका क्रान्तिकारी कम्युनिस्ट नेता डिल्लीप्रसाद मैनालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेकपा मेची–कोसी ब्युरो इन्चार्ज प्रतावले शोक वक्तव्य जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीका पूर्वब्युरो सदस्य मैनालीको ७३ वर्षको उमेरमा यही कात्तिक ९ गते झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित निवासमै असामयिक निधन भएको भन्दै मैनालीको निधनले पार्टीको मेची–कोसी ब्युरोलाई दुःखी र स्तब्ध पारेको जनाइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका पूर्वब्युरो सदस्य क.डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा यही २०७७ कात्तिक ९ गते झापा जिल्ला बिर्तामोड न.पा. वडा नं. ८ स्थित निवासमा भएको असामयिक निधनको खबरले हाम्रो पार्टी मेची–कोसी ब्युरो दुःखी र स्तब्ध भएको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘पूर्वको कम्युनिस्ट आन्दोलनका अभिभावक क. डिल्लीकुमार मैनालीले २०२८ सालको झापा आन्दोलनका एक निडर र कुशल कमान्डरको भूमिका निर्वाह गर्दै २०४६ सालको जनआन्दोलनताका २१ म्हिना जेलजीवनसमेत भोग्नुभयो । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्यको भूमिका निर्वाह गर्दै पछिल्लो समय यस ब्युरो पार्टीको अभिभावकत्व गर्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको सपना बोकी क्रान्तिका पक्षमा उभिएका अग्रज योद्धा मैनालीको योगदानको उच्च कदर र सम्मान गर्दछौँ । साथै मृतक आदरणीय कमरेड डिल्लीकुमार मैनालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :