अमेरिकामा कोरोनाबाट २ लाख ३० हजारको मृत्यु, ८८ लाख ८९ हजार सङ्क्रमित

अमेरिकामा कोरोनाबाट २ लाख ३० हजारको मृत्यु, ८८ लाख ८९ हजार सङ्क्रमित

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या २ लाख ३० हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार ४४२ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या २ लाख ३० हजार ५१० पुगेको हो ।

त्यसैगरी अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८८ लाख ८९ हजार १७९ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ५७ लाख ७२ हजार ४९८ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ । त्यस्तै उपचार गराइरहेका २८ लाख ८६ हजार १७१ जनामध्ये १६ हजार ३७७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :