नेपालमा आज २,२२५ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८४२ पुग्यो

नेपालमा आज २,२२५ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८४२ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार २२५ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४२९ महिला र ६८१ पुरुष गरी जम्मा १ हजार ११० जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३ हजार ८४६ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १३ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ८४६ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । यो कुल संक्रमितको ६९ दशमलव ८ प्रतिशत हो ।

यसैगरी नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४७ हजार ५७ रहेको छ । त्यसमा आई.सी.यु.मा ३०७ जना र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३२ हजार ८७३ जना र क्वारेन्टाइनमा ३ हजार ३२२ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मुस्ताङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :