जनसत्ताले केपी वलीलाई सोध्यो स्पष्टीकरण

‘र’ का प्रमुखसँग के कुरा भयो, जनतालाई जबाफ देऊ

जनसत्ताले केपी वलीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ : नेकपाद्वारा सञ्चालित केन्द्रीय सरकार केन्द्रीय जनपरिषद्ले नेपाल सरकारका प्रधानमन्त्री केपी वलीले भारतीय खुफिया संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयलसँग गोप्य भेटघाट गर्नु नेपाल र नेपाली जनताका निम्ति हदै लज्जास्पद विषय रहेको जनाएको छ । केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगरले शनिबार विज्ञप्ति जारी गरी उक्त गोप्य भेटघाटमा कुन विषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको विषय रहेकाले तत्काल उक्त विषय नेपाली जनतासामु सार्वजनिक गर्न माग गरेका छन् ।

केन्द्रीय जनपरिषद् प्रमुख सन्तोषले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हालै नेपाल सरकारका प्रधानमन्त्री केपी वलीले भारतीय खुफिया संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदै लज्जास्पद विषय हो । यसले नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ भन्ने कुरा स्पष्ट गर्दछ । भेटघाटमा कुन विषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको विषय हो । तत्काल उक्त विषयलाई नेपाली जनतासामु सार्वजनिक गर्न माग गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :