नेपालमा आज ४,४९९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८२९ पुग्यो

नेपालमा आज ४,४९९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८२९ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ४९९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५३ हजार ८ पुगेको छ । त्यसमा काठमाडौँका २ हजार ३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना नयाँ सङ्क्रमित थपिएसँगै उपत्यकामा २ हजार ७२० जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा २ हजार ८०९ जना पुरुष र १ हजार ६९० जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप १७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या ८२९ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार ६६८ जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ५ हजार ४८८ पुगेको छ । यो कुल संक्रमितको ६८ दशलब ९ प्रतिशत हो ।

नेपालमा आज सक्रिय सङ्क्रमितको संख्या ४६ हजार ६९१ रहेको छ । त्यसमा आई.सी.यु.मा २९० जना र भेन्टिलेटरमा ६९ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३१ हजार ७३७ जना र क्वारेन्टाइनमा ३ हजार ५९० जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत रहेका छन्, भने सून्य संक्रमित भएको जिल्ला मुस्ताङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :