उत्तरसाम्राज्यवाद र यसका आर्थिक प्रवृत्तिहरू

उत्तरसाम्राज्यवाद र यसका आर्थिक प्रवृत्तिहरू

बीसौँ शताब्दीको अन्त्यदेखि उत्तरसाम्राज्यवादको विकास हुन पुगेको छ । उत्तरसाम्राज्यवादले आर्थिक, राजनीतिक सम्बन्धलाई बदलेको छ । आफूअनुकूल नयाँ सम्बन्ध विकास गरेको छ । – विप्लव, जनक्रान्ति भाग दुई

उत्तरसाम्राज्यवाद भनेको पुँजीको त्यो अवस्था हो जहाँ मुठ्ठीभर वित्तीय कुलीनहरूले विश्वको सम्पत्ति नियन्त्रण गरेका छन् जसले आफ्नो लुटको सुनिश्चित गर्न सबैभन्दा प्रतिक्रियावादी शक्तिको संरक्षण गरेको छ । जसले विश्वको राजनीतिक, सैनिक र कानुनी नियन्त्रण आफ्नो हातमा लिएको छ । साथै लिच्चड शैलीमा जनताको शोषण गरी यसरी ढाडिएको छ जो शरीरबाट खस्ने अवस्थामा आइपुगेको छ । – धर्मेन्द बास्तोला, जनक्रान्ति अङ्क ३

लेखक : करनसिंह बडाल

विषय प्रवेश

बीसौँ शताब्दीको पहिलो र दोस्रो दशकको मध्यअवधिमा दार्शनिक भ्लादिमिर इलिच उल्यानोभले पुँजीवाद (व्यापारिक, प्रतिस्पर्धात्मक हुँदै एकाधिकार) मा पुगेको पत्ता लगाए जसलाई उनले साम्राज्यवाद नाम दिए । पुँजीवादको सङ्कटग्रस्त वा मेरी बोन्ड स्टेज अफ क्यापिटालिज्म अर्थात् साम्राज्यवाद भनेर व्याख्या गरे । उनका समकालीन एड्बर्ड बर्नस्टिन र उनका राजनीतिक गुरु अर्थात् नेता जर्ज प्लेखानोभले साम्राज्यवादको विरोध गरे तर पुँजीवादी विचारकहरू भने लेनिनले गरेको साम्राज्यवादको व्याख्याले आतङ्कित भएर सङ्कटग्रस्त पुँजीवादलाई टिकाइराख्न नयाँनयाँ आर्थिक तथा राजनीतिक अभ्यासको खोजीमा जुटे । नभन्दै लेनिनले साम्राज्यवादको व्याख्या गरेको करिब डेढ दशकपछि नै साम्राज्यवाद चरम सङ्कटमा पुग्यो । राजनीतिक रूपमा हिटलर र मुसोलिनीको फासिवाद (अन्धराष्ट्रवाद) र आर्थिक रूपमा सन् १९२९ मा पुँजीवादमा भयानक महामन्दी देखापर्यो । पुँजीवादभित्र निरन्तर खनिइरहने आर्थिक सङ्कटको सामाधान गर्न जोन मिनार्ड किन्सको आर्थिक नीति र किन्सकै पहलमा बीसौँ शताब्दीको चौथो र पाँचौँ दशकको मध्य समयमा संयुक्त राष्ट्र सङ्घ र मुद्र कोष, विश्व बैङ्कजस्ता रूपमा सामाजिक तर सारमा साम्राज्यवादका पक्षपोषक वित्तीय निगमहरूको स्थापना गरियो ।

त्यसले मात्रै साम्राज्यवादको रक्षा सम्भव थिएन । त्यसका लागि साम्राज्यवादको प्रतिरक्षा गर्नसक्ने आर्थिक नीतिको आवश्यकता हुन्थ्यो । अर्थराजनीतिक रूपमा किन्सको लोककल्याणकारी राज्य र इम्यान्युयल कान्टको तथाकथित युरो कम्युनिज्मका साथै आर्थिक नीतिका रूपमा फ्रेडरिक अगस्ट बोन हायेकको मुक्तिको विधान तथा दासताको बाटो र मिल्टन फ्रिडम्यानको पुँजीवाद र स्वतन्त्रतानामक उपन्यासहरूलाई आर्थिक मार्गनिर्देशक विचारका रूपमा ग्रहण गरी ८० देखि ९० को दशकमा पश्चिमाहरूले संस्थागत समायोजन कार्यक्रम र सन् १९९४ मा जनरल एग्रिमेन्ट अन ट्रेड एन्ड ट्यारिफ (GATT) सम्झौता जस्तो अल्पकालीन र सीमित देशहरूको सहभागितामा ओरालो लाग्न थालेको साम्राज्यवादलाई नयाँ रूपमा बदले । उक्त सम्झौतापछि सीमित घेरामा रहेका साम्राज्यवादका पक्षपोषक बहुराष्ट्रिय निगमहरूले पुँजीको केन्द्रीकरणलाई घनीभूत पारे । सोह्रौँ शताब्दीमा व्यापारिक रूपमा (सीमित घेरामा) रहेको पुँजीवाद करिब २ सय वर्षपछि अर्थात् उन्नाईसौँ शताब्दीमा औद्योगिक अवस्थालाई विस्तार गरेर प्रतिस्पर्धात्मक पुँजीवादको आकार ग्रहण गर्न पुगेको थियो । प्राकृतिक स्रोत र साधानको दोहनका साथै श्रमिकहरूको ढाडमा टेकेर अर्थात् श्रम शोषण गरेर २० औँ शताब्दीको एकाधिकारका लागि मार्ग बनाएको थियो जसलाई लेनिनले साम्राज्यवाद नाम दिए । २० औँ शताब्दीको एकाधिकारवादी पुँजीवाद अर्थात् साम्राज्यवाद अहिले अति केन्द्रीकरण (निगम पुँजीवाद) को अवस्थामा आइपुगेको छ । यसलाई उत्तरसाम्राज्यवाद भनिएको छ ।

सोह्रौँ शताब्दीमा व्यापारिक रूपमा सीमित घेरामा रहेको पुँजीवाद करिब २ सय वर्षपछि अर्थात् उन्नाईसौँ शताब्दीमा औद्योगिक अवस्थालाई विस्तार गरेर प्रतिस्पर्धात्मक पुँजीवादको आकार ग्रहण गर्न पुगेको थियो । प्राकृतिक स्रोत र साधानको दोहनका साथै श्रमिकहरूको ढाडमा टेकेर अर्थात् श्रम शोषण गरेर २० औँ शताब्दीको एकाधिकारका लागि मार्ग बनाएको थियो जसलाई लेनिनले साम्राज्यवाद नाम दिए ।

साम्राज्यवादको विकसित वा उच्च अवस्था उत्तरसाम्राज्यवाद

जब लेनिनले साम्राज्यवाद पुँजीवादको उच्चतम् चरण भनेर व्याख्या गरे त्यो बेला युरोपमा करिब ९० भन्दा बढी कार्टेलहरू रहेका थिए । त्यसमा मट्टीतेल, खनिज, पेट्रोल र अन्य सेवा क्षेत्रका विभिन्न कार्टेलहरू सामेल रहेका थिए जसले विश्वको पुँजीमा एकाधिकार जमाएका थिए । त्यस्तै उत्पादन क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय अल्पतन्त्रको सिर्जना, अति उत्पादन र त्यसको सङ्केन्द्रीकरणले समयसमयमा आर्थिक मन्दी देखापथ्र्यो । वित्तीय सङ्कटको अर्थ औद्योगिक तथा अन्य उत्पादन बजारमा खपत नहुनु र जनताको क्रयशक्तिमा ह्रास आउनु हो । औद्योगिक संस्था र वित्तीय संस्थाहरूले सहकार्य गरी ठूलो पुँजीमा एकाधिकार जमाएकाले जनताको क्रयशक्तिमा ह्रास आउँथ्यो जसका कारण बेलाबेलामा मन्दी तथा महामन्दी देखापथ्र्यो । सन् १९२८ को महामन्दीपछि साम्राज्यवादी शक्तिहरूले समाजवादी आर्थिक नीतिको चोरी गरेर आफ्नो सङ्कट टारे । त्यस्तै २० औँ शताब्दीको एकाधिकार पुँजीवादले विश्वको विभाजन गरेको थियो । एसिया, अफ्रिका र ल्याटिन तथा दक्षिणअमेरिकाको भूगोललाई साम्राज्यवादी देशहरूले चिराचिरामा विभक्त गरी निर्बाध व्यापार गर्न सैन्य अखडाको स्थापना गरी लुट मच्चाएका थिए । तत्कालीन डा. च्याङकाई सेक चिनियाँ राष्ट्रिपति भएको बेला पनि चीनलाई युरोपियन साम्राज्यवादीहरूले आर्थिक तथा राजनीतिक सिन्डिकेट स्थलका रूपमा विभाजन गरेका थिए । त्यस्तै २० औँ शताब्दीमा विश्वको सबभन्दा बढी भूमि बेलायतको कब्जामा थियो । त्यसपछि जर्मनी, फ्रान्स र अमेरिकाको कब्जामा रहेका थिए । उनीहरूले त्यो अवस्थामा तेस्रो विश्वमा रहेको सस्तो श्रम र कच्चा पदार्थको भरपूर उपयोग गरेर आर्थिक रूपमा लुटपाट मच्चाए । अन्तर्राष्ट्रिय कानुनी सीमाका बाबजुद साम्राज्यवादीहरूले सैन्य शक्तिको आडमा तेस्रो विश्वलाई आफ्नो उत्पादनको बजार बनाए ।

दार्शनिक तथा सर्वहारा वर्गका नेता लेनिनले साम्राज्यवादका मुख्य चरित्र पत्ता लगाएका थिए : १) अति उत्पादन, २) वस्तुभन्दा पुँजीको निर्यात, ३) औद्योगिक पुँजी र वित्तीय पुँजीको गठजोड, ४) शक्तिराष्ट्रहरूको क्षेत्रीय विभाजन र ५) विश्व आर्थिक एकाधिकारवादी संस्थाहरूको स्थापना आदि ।

उत्तरसाम्राज्यवादका विशेषताहरू

पुँजीको अति केन्द्रीकृत स्वरूप

अहिलेको साम्राज्यवादले पुँजीको अति केन्द्रीकरण गरिरहेको छ । सीमित व्यक्तिमा विश्वको सम्पत्ति केन्द्रीकरण द्रुत गतिमा अर्थात् दिन दुगुना रात चौगुना गरी पुँजीको केन्द्रीकरण भइरहेको छ । यसले गर्दा धनी र गरिबको बीचमा ठूलो खाडल बन्दै गएको छ । सन् १९९४ मा सीमित राष्ट्रहरूले गरेको अस्थायी ग्याट सम्झौतापछि प्रत्येक दुई दिनमा एक नयाँ खर्बपतिको उत्पादन भइरहेको छ भने जनताको स्थिति झन् भयावह रूपमा नाजुक बन्दै गएको छ । २१५३ जना खर्बपतीको सम्पत्ति ४ अर्ब ६० करोड जनसङ्ख्याबराबर रहेको वल्र्ड इकोनोमिक फोरममा पेस भएको रिपोर्टमा उल्लेख थियो । अझ डरलाग्दो कुरा त के छ भने सन् २०१९ मा खर्बपतिहरूले ९०० बिलियन डलरको केन्द्रीकरण गरेका थिए । त्यसको ठीक उल्टो ३ अर्ब ८० करोड जनाको ११ प्रतिशतले सम्पत्ति घटेको थियो । त्यस्तै अमेरिकी खर्बपति जेफ बोसेजको १ प्रतिशत सम्पत्तिबराबर इथोपियाको वार्षिक स्वास्थ्य बजेट रहेको अक्सफार्म २०१९ को रिपोर्टले देखाएको थियो । विश्वका बहुसङ्ख्यक जनताका विरुद्ध पुँजीवाद रहेको छ भन्ने तथ्यलाई पुष्ट्रि गर्न विश्वका २२ जना धनाढ्यहरूको सम्पत्ति अफ्रिकाका कुल महिलाको सम्पत्तिबराबर रहेको अवस्थालाई हेर्दा सहजै बुझ्न सकिन्छ ।

अहिलेको साम्राज्यवादले पुँजीको अति केन्द्रीकरण गरिरहेको छ । सीमित व्यक्तिमा विश्वको सम्पत्ति केन्द्रीकरण द्रुत गतिमा अर्थात् दिन दुगुना रात चौगुना गरी पुँजीको केन्द्रीकरण भइरहेको छ । यसले गर्दा धनी र गरिबको बीचमा ठूलो खाडल बन्दै गएको छ ।

त्यस्तै ग्याट सम्झौतापछि बहुराष्ट्रिय निगमले लुटपाट थालेको भारतमा पनि पनि पुँजीको केन्द्रीकरण निक्कै भयावह रूपमा बढिरहेको छ । अक्सफार्मको सन् २०२० को रिपोर्टअनुसार भारतका १ प्रतिशत धनाढ्यहरूको सम्पत्ति ७० प्रतिशत जनता (९५ करोड ३ लाख) को सम्पत्तिभन्दा ४ गुणा बढी रहेको छ । त्यस्तै भारतका १ प्रतिशत धनाढ्यहरूको हातमा राज्यको ४० प्रतिशत कब्जामा रहेको छ । विश्व कोरोना भाइरसले थिलथिलो बनेको छ । विश्वको अर्थतन्त्र तहसनहस भएको छ तर विश्वका धनाढ्यहरूले भने संसारलाई चकित पार्ने गरी सम्पत्तिको केन्द्रीकरण गरिरहेका छन् । अमेजनका संस्थापक अमेरिकी खर्बपति जेफ बोसेजले कोरोना महामारीको समयमा १०.२ ट्रिलियन सम्पत्ति बढाएका छन् ।

त्यस्तै भारतका १०० जना धनाढ्यहरूले सोही महामारीको समयमा ५१७.५ बिलियन डलर सम्पत्ति बढाएका छन् । मुकेश अम्बानीले मात्रै ३७.३ बिलियन डलर थुपारे जब कि हजारौँ कोरोना सङ्क्रमितहरूले भारतमा राम्रोसँग उपचार गर्न नपाएका ज्यान गुमाइरहेका छन् । पुँजीवादको हेडक्वार्टर मानिने अमेरिकामा सबभन्दा बढी सम्पत्तिको केन्द्रीकरण भइरहेको छ । सन् १९९० मा ६६ जना अमेरिकी खर्बपतिहरूको जम्मा २४० बिलियन डलर रहेको थियो । त्यो सङ्ख्या सन् २००० मा आउँदा झन्डै ५ गुणा बढी ६६ जनाबाट बढेर २९८ पुग्यो । सन् २०१० मा ४०१ र सन् २०२० मा ६१४ जना अमेरिकी धनाढ्यहरूको सम्पत्ति झन्डै बेलायतको कुल वार्षिक बजेटभन्दा बढी २.९४७ ट्रिलियन पुग्यो । जम्मा ४०० जना अमेरिकी धनाढ्यहरूको सम्पत्ति ६४ प्रतिशत अमेरिकीहरूको सम्पत्तिबराबर रहेको छ । यसले तेस्रो विश्व तथा श्रमजीवी वर्गको अवस्था अधोगतिमा गइरहेको र विश्वका धनाढ्यहरूको कब्जामा सम्पत्ति गइरहेको देखिएको छ । तसर्थ पुँजीवाद अरू कारणले होइन, अति केन्द्रीकरणले पतनको दिशा उन्मुख भइरहेको सहजै देख्न सकिन्छ । पछिल्लो साम्राज्यवाद (उत्तरसाम्राज्यवाद) को अति केन्द्रीकृत स्वरूप हो ।

डरलाग्दो कुरा त के छ भने सन् २०१९ मा खर्बपतिहरूले ९०० बिलियन डलरको केन्द्रीकरण गरेका थिए । त्यसको ठीक उल्टो ३ अर्ब ८० करोड जनाको ११ प्रतिशतले सम्पत्ति घटेको थियो । त्यस्तै अमेरिकी खर्बपति जेफ बोसेजको १ प्रतिशत सम्पत्तिबराबर इथोपियाको वार्षिक स्वास्थ्य बजेट रहेको अक्सफार्म २०१९ को रिपोर्टले देखाएको थियो । विश्वका बहुसङ्ख्यक जनताका विरुद्ध पुँजीवाद रहेको छ भन्ने तथ्यलाई पुष्टि गर्न विश्वका २२ जना धनाढ्यहरूको सम्पत्ति अफ्रिकाका कुल महिलाको सम्पत्तिबराबर रहेको अवस्थालाई हेर्दा सहजै बुझ्न सकिन्छ ।

एकीकृत स्वरूपमा विश्वव्यापी आर्थिक लुटपाट

अहिलेको साम्राज्यवादले लेनिनको पालाको भन्दा धेरै गुणहरू फेरेको छ । तर अहिलेको उत्तरसाम्राज्यवादको सारमा भने उही श्रम शोषण, प्राकृतिक स्रोत र साधानको दोहन रहेको छ । अर्थात् आफ्ना केही कमीकमजोरीलाई बाहिर देखिने गरी त्याग गरेको देखिन्छ । जस्तै विश्वको भूगोललाई काँक्रोझैँ चिरा पारेर विश्वविभाजनबाट साम्राज्यवाद पछि हटेको छ तर सारमा उही आर्थिक शोषणकारी विशेषता बोकेको बहुराष्ट्रिय निगमको स्थापना गरिएको छ जसले दलाल पुँजीवादको सहायतामा विश्वभरि गिद्दले सिनो लुछेझैँ विश्वभरिको स्रोत र साधनमाथि विभिन्न षड्यन्त्र, जालझेल गरी पुँजीको अति केन्द्रीकरण गरिरहेको छ । उत्तरसाम्राज्यवादले फरकफरक सार्वभौमिकता बोकेका भूगोल, फरकफरक सांस्कृतिक मान्यता बोकेका शक्तिहरू र प्रतिगामी शक्तिहरूलाई एकीकृत गरी बहुसङ्ख्यक श्रमजीवीहरू र विपन्न तेस्रो विश्वमा एकीकृत स्वरूपमा लुटपाट मच्चाएको छ । बहुराष्ट्रिय निगमलाई घनीभूत तरिकाले लुटपाटको बाटो खोल्ने ग्याट सम्झौतामा धूर्त पुँजीवादी देश अमेरिका, क्यानाडा, बेलायत, उदार अर्थनीति अपनाएका राष्ट्रहरू बेल्जियम, नेदरल्यान्ड, नर्वे र तत्कालीन समाजवादी देशहरू चीन, क्युबा, चेकोस्लोभाकिया र कट्टर धार्मिक राज्य सिसिया र आर्थिक रूपमा उदाइरहेका ब्राजिल, भारतजस्ता देशहरूले हस्ताक्षर गरेका थिए । त्यसमा धुन्धुकारी पुँजीवादी देशदेखि समाजवादी र उग्र धार्मिक कट्टरपन्थी राष्ट्रदेखि अत्यन्तै उदार २३ वटा देशहरूले हस्ताक्षर गरेका थिए । बहुराष्ट्रिय निगमलाई निर्बाध व्यापार गर्न दिनुपर्ने, करमा भारी छूट दिनुपर्ने माग राख्ने पुँजीवादी अर्थशास्त्री हायेक र फ्रिडम्यानका आर्थिक मागहरूलाई ग्याट सम्झौताले पूरा गरेर साम्राज्यवादलाई अझ सुदृढ गरेको थियो ।

उक्त सम्झौतापछि भारतमा पर्याप्त कच्चा पदार्थ र सस्तो श्रम भएकाले साम्राज्यवादीहरूले ठूलाठूला स्टिल, आइरन, अटोमोबाइललगायत उद्योगहरूमा लगानी गरे । बङ्गलादेशमा टेक्साटायल कारखाना, दक्षिणअफ्रिकामा सुन उत्खनन, खाडी तथा मध्यपूर्वमा पेट्रोलियम उद्योग र इन्डोनेसिया तथा ब्राजिलमा पनि तेल, कोइला र विभिन्न ठूलाठूला उत्खनन गर्ने उद्योगहरूको स्थापना गरियो जसबाट वित्तीय कुलीनहरू एकाएक मालामाल भए । एकातर्फ ग्याट सम्झौताले अन्तरदेशीय करमा भारी छुट दियो, अर्कातर्फ लामो दूरीमा लाग्ने समय र भारी दस्तुरमा कमी आयो भने अर्कातर्फ तेस्रो विश्वको सस्तो श्रम र कच्चा पदार्थले गर्दा अत्यन्तै कम लगानीमा अधिक उत्पादन बढ्यो । फलस्वरूप बहुराष्ट्रिय निगमहरूको पुँजी केन्द्रीकरण बुलेट ट्रेन (रेल) को गतिमा बढ्यो । तसर्थ ग्याट सम्झौताले साम्राज्यवादको प्रतिरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

बहुराष्ट्रिय निगमहरूको ठगी तथा कर छली

उत्तरसाम्राज्यवादको अर्को विशेषता भनेको समन्वयात्मक भूमिका हो । बहुराष्ट्रिय निगमहरूले सेयरमा भागबन्डा गरेर तेस्रो विश्व तथा अविकसित देशहरूमा सस्तो श्रम र कच्चा पदार्थको उपयोग गरी वैधानिक लुटपाट मच्चाइरहेका छन् । जस्तै नेपालकै सन्दर्भमा नर्वेको टेलियासोनाराको भगिनी सञ्चार कम्पनी रेनल्स होल्डिङ र त्यसको मातहतमा मलेसियामा रहेको एक्जिएटाले नेपालमा एनसेल नामको कम्पनीमार्फत खुला रूपमा लुट मच्चाएको छ । नगन्य अवस्थामा मजदुर र एकदम न्यून प्रतिशतमा ती देशका शासकहरूलाई किनबेच गरी कानुनी मान्यताहरूलाई भुत्ते बनाइरहेका छन् । अविकसित देशमा कानुनलाई विभिन्न प्रभावमा पारी तीव्र लुटपाट मच्चाएका छन् । विश्वका ५,१५३ जना खर्बपतिहरूले विश्वको सम्पत्ति कब्जा गरेको मात्र होइन, उनीहरूले करिब २१ ट्रिलियन झन्डै अमेरिकाको सन् २०१८ को वार्षिक बजेटबराबरको सम्पत्ति ट्याक्स अफ हेवनमा लुकाएर राखेको बेलायती पत्रिका द गार्जियनले बताएको छ जसबाट विभिन्न राष्ट्रहरूलाई करिब ५.५ बिलियन डलरबराबर राजस्व गुमेको देखिन्छ । त्यस्तै विश्वका ३६ कर्पोरेटहरूले लुकाएको सम्पत्तिबाट विकासशील देशहरूलाई १७० बिलियन डलर घाटा भएको अक्र्सफार्मको २०२० को रिपोर्टले देखाएको छ । नेपालमा पनि सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व, अदालत, केही शीर्षस्थ कर्मचारीहरूलाई प्रभावमा पारेर करिब ३५ अर्बभन्दा बढी राजस्व अझै तिरेको छैन ।

भारतका १ प्रतिशत धनाढ्यहरूको सम्पत्ति ७० प्रतिशत जनता (९५ करोड ३ लाख) को सम्पत्तिभन्दा ४ गुणा बढी रहेको छ । त्यस्तै भारतका १ प्रतिशत धनाढ्यहरूको हातमा राज्यको ४० प्रतिशत कब्जामा रहेको छ ।

निष्कर्ष

अतः अहिलेको साम्राज्यवादले लेनिनको पालाको भन्दा आफ्नो स्वरूपलाई फेरेको छ : १) हिजो वित्तीय पुँजीले औद्योगिक पुँजीसँग सहकार्य गरेर वित्तीय अल्पतन्त्र सिर्जना गर्ने गरेको थियो भने आज निगम नियन्त्रित वित्तीय पुँजीले औद्योगिक पुँजीलाई निलिसकेको छ जसले गर्दा आजको अर्थराजनीति वित्तीय कुलीनहरूको कब्जामा गएको छ । आजका उद्योगहरू वित्तीय कुलीनको कब्जामा गएका छन् । राष्ट्रको सार्वभौमिकता र जनताको स्वतन्त्रता निगम पुँजी नियन्त्रित वित्तीय सस्थाको प्रत्यक्ष प्रभावमा पुगेको छ ।

दोस्रो : उत्तरसाम्राज्यवादले अर्थात् बहुराष्ट्रिय निगमहरूले सूचनाप्रविधिको सहयोगमा पुँजीको अथाह केन्द्रीकरण गरेका छन् । उदाहरणका लागि अक्टोबर १२ को बुलुम्बर्ग बिलनिनरी इन्डेक्सअनुसार विश्वका शीर्ष २० धनाढ्यमध्ये १० जना सूचनाप्रविधि क्षेत्रका रहेका छन् । अझ शीर्ष ५ धनाढ्यमध्ये जेफ बोसेज, बिल गेट्स, एलोन आर मस्क र मार्क जुकरबर्ग ४ जना प्रविधिका रहेका छन् । यसले उत्तरसाम्राज्यवादको अवस्थालाई स्पष्ट गरेको छ । उत्पादनमा भएको सूचनाप्रविधिको प्रयोगले पुँजी केन्द्रीकरणको दायरा फराकिलो बनाएको छ ।

तेस्रो : अहिले लेनिनको पालामा जस्तो विश्व विभाजन रोकिएको छ । त्यसको ठाउँ बहुराष्ट्रिय निगमहरूले लिएका छन् । २० औँ शताब्दीमा विभाजित विश्वशक्तिहरूलाई आज निगम पुँजीले एउटै डालोमा एकत्रित गरेको छ ।

चौथो : हिजो लेनिनको पालामा केन्द्रीकृत प्रकारको उत्पादन र वितरण प्रणाली रहेको थियो भने आज बहुराष्ट्रिय निगमहरूले त्यसको ठीक उल्टो विकेन्द्रीत उत्पादन र केन्द्रीकृत वितरण गरिरहेका छन् जसले गर्दा २० औँ शताब्दीको जस्तो श्रमजीवी तथा श्रमिकहरूले आन्दोलन गर्न असम्भवजस्तै बनाएको छ ।

पाँचौँ : निगम पुँजीले फरकफरक राजनीतिक र राष्ट्र, धर्म र सांस्कृतिक मुलुकहरूलाई एक ठाउँमा एकीकृत गरेर लुटपाट मच्चाएको छ ।

आजको साम्राज्यवाद हिजो लेनिनको पालाको भन्दा रूपमा केही भिन्न तर सारमा घोर उत्पीडनकारी स्वरूपको रहेको छ । विश्वका सबै कम्युनिस्ट, सामाजवादी र अन्य प्रगतिशील शक्तिहरूले उत्तरसाम्राज्यवादको चिहान खन्न एकताबद्ध हुन आवश्यक छ । उत्तरसाम्राज्यवादको चिहान बनाउनु भनेकै सर्वहारा तथा श्रमजीवी वर्गको एक मात्र मुक्तिको बाटो हुनेछ ।

छैटौँ : निगम पुँजीले तेस्रो विश्वलाई अति परनिर्भर बनाएको छ । त्यस्तै आज औद्योगिक कर्जादेखि कृषि र निजी कर्जासम्म वित्तीय पुँजीको नियन्त्रणमा गएको छ । कृषि उत्पादनदेखि ठूलाठूला उत्पादनमा निगम पुँजीले आफ्नो पकड राखेको छ । आन्तरिक वस्तु उत्पादनदेखि वितरणसम्म र भौतिक पूर्वाधार निर्माण, व्याक्तिको कर प्रवाहदेखि राष्ट्रको कर्जा प्रवाहसम्म निगम पुँजीले नियन्त्रण गरेको छ । हुँदाहुँदै वित्तीय नीति निर्माणमा पनि निगम पुँजीले अप्रत्यक्ष रूपमा हस्तक्षेप गर्न थालेको छ ।

सातौँ : आजको साम्राज्यवादले हिजो लेनिनको पालाको जस्तो फरक सार्वभौमिकता भएका भूगोल र राष्ट्रहरूमाथि प्रत्यक्ष सैन्य आक्रमण गरी व्यापार गर्ने नभई बहुराष्ट्रिय निगममार्फत गरिरहेको छ ।

आठौँ : आजको उत्तरसाम्राज्यवाद अति केन्द्रीकृत प्रकारको रहेको छ जो उच्च चरणमा पुगेर गल्र्यामगुर्लुम ढल्ने अवस्थामा पुगेको छ । १ प्रतिशतका हातमा ९९ प्रतिशत मानिसहरूको बराबर सम्पत्ति रहेको छ ।

नवौँ : लेनिनले भनेझैँ राजनीतिको केन्द्रीय अभिव्यक्ति भनेको अर्थतन्त्र हो तर आज राजनीतिलाई बहुराष्ट्रिय निगमहरूले आफूअनुकुल ढालिरहेका छन् । अर्थात् राजनीति, प्रशासनलाई निगम नियन्त्रित वित्तीय कुलीनहरूले प्रभावमा पार्न थालेका छन् । उदाहरणका लागि मोदीको चुनावी विजय, ट्रम्पको विजय र केही समयअघि डबल नेकपाको अन्तरसङ्घर्षमा केपी वलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्न नेपालका केही व्यापारीहरूले खेलेको भन्दै प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले दिएको अभिव्यक्तिले पनि बहुराष्ट्रिय निगम र केही धनाढ्यहरूले राजनीतिलाई निर्देशित गर्न थालेका छन् ।

दसौँ : उत्तरसाम्राज्यवादले दलाल पुँजीको संरक्षण गरी राष्ट्रिय पुँजीपतिलाई टाट पल्टाइरहेको छ । आन्तरिक उत्पादनलाई निषेध गरी तेस्रो विश्वलाई बाह्य उत्पादनको खपत गर्ने खुला र फराकिलो बजार बनाएको छ ।

अतः उत्तरसाम्राज्यवाद (निगम पुँजी) ले सबै प्रकारका प्रतिगामी राजनीतिक शक्ति, धार्मिक कट्टरपन्थी, अन्धराष्टवाद, संशोधनवाद, नवउदारवाद, सामन्तवाद, घरेलु तथा विदेशी प्रतिक्रियावाद, उग्र दक्षिणपन्थ, साम्प्रदायिकता र पृथकतावासँग साँठगाँठ गरी सर्वहारा तथा श्रमजीवीमाथि नयाँनयाँ स्वरूपमा उत्पीडन थोपरेको छ । तसर्थ आजको साम्राज्यवाद हिजो लेनिनको पालाको भन्दा रूपमा केही भिन्न तर सारमा घोर उत्पीडनकारी स्वरूपको रहेको छ । विश्वका सबै कम्युनिस्ट, सामाजवादी र अन्य प्रगतिशील शक्तिहरूले उत्तरसाम्राज्यवादको चिहान खन्न एकताबद्ध हुन आवश्यक छ । उत्तरसाम्राज्यवादको चिहान बनाउनु भनेकै सर्वहारा तथा श्रमजीवी वर्गको एक मात्र मुक्तिको बाटो हुनेछ ।

(लेखक : नेपाल–कोरिया लेखक/पत्रकार मञ्च (Npal-DPRK Writer|Journalist Forum) का सचिव हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :