जेरुसेलममा फस्दै अमेरिका

विषय प्रवेश

सन् २०१७ राजनीतिक घटनाको दृष्टिले विशेष वर्षका रूपमा रह्यो । संसारभरि सैन्य, आर्थिक तथा कूटनीतिक हिसाबले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने अमेरिकामा सन् २०१७ को सुरुआतमै जग्गा व्यापारी (रियल स्टेट), अन्ध राष्ट्रवादी तथा नश्लवादीको अरोप खेपिरहेका डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा विजय प्राप्त गरे । त्योसँगै उनले दक्षिण क्षेत्रमा पर्खाल लगाउने, जनगणतन्त्र कोरिया (उत्तरकोरिया) को बढ्दो आणविक परीक्षण रोक्ने, इरानसँग आणविक विषयमा वार्ता गर्ने तथा मुस्लिम बहुल देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरे जसले विश्व राजनीतिमा हलचल मच्चाउने काम गर्यो । यस्तै उनले निर्वाचनपूर्व अर्को दीर्घकालीन रूपमा मध्यपूर्व क्षेत्रमा पार्न सक्ने जेरुसेलम सहरलाई आफ्नो उपनिवेश देश इजरायलको राजधानीका रूपमा मान्यता दिने घोषणा गरे । जसरी ट्रम्पभन्दा पहिलेका अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्लू बुसदेखि ओवामासम्मले चुनावी मुद्दा बनाएका थिए । यद्यपि उनीहरूले विवादित जेरुसेलम सहरलाई इजरायलको राजधानी घोषणा गर्ने आँटसम्म गरेनन् । तर सन्काहा तथा अदूरदर्शी मानिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सन् २०१७ डिसेम्बर ५ मा घोषणा गरे– अमेरिकाले ७० वर्षदेखिको आफ्नो राष्ट्रिय मुद्दा बनाएको ऐतिहासिक सहर जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको र छिट्टै अमेरिकी राजदूतावास त्यहाँ सारिने बताए अनि सुरु भयो ट्रम्पको पुतलादहन तथा आन्दोलन । फलस्वरूप त्यो मुद्दा संयुक्त राष्ट्रसङ्घको महासभामा पुग्यो अनि नराम्ररी पराजित भयो अमेरिका । ट्रम्प तथा अमेरिकाविरोधी आन्दोलन हिंसात्मक बन्न पुग्यो र कतिपय मानिसको ज्यान पनि गयो । त्यसले एउटा सन्देश अमेरिकी साम्राज्यवादलाई पठायो । त्यो थियो प्यालेस्टिनीहरू रगत बगाउन तयार छन् तर जेरुसेलमलाई गुमाउन कदापि स्वीकार्य छैन ।  वास्तवमा अमेरिकी चासोको विषय के हो ? किन जेरुसेलमलाई इजरायल बनाउन चाहन्छ अमेरिका ? योभन्दा पूर्व के हो त जेरुसेलम ? यसको इतिहास, निर्माण, यो सहरको आरोहअवरोहको नालीबेली के हो ? योसम्बन्धी सही तथा ऐतिहासिकता बुझ्न जरुरी छ ।

के हो जेरुसेलम ?

संसारको सबैभन्दा पुरानो सहरमध्येको एक ऐतिहासिक सहर हो जेरुसेलम । यो सहरको नाम उरुसलिमा जो मेसोपोटामियन स्फाणाकार टेबलको नामबाट रहेको हो जसको अस्तित्व क्यानेट पिरियड लगभग २४०० वर्ष बीसीई अर्थात् (इसापूर्वभन्दा पहिले) जुन ९०० बीईसी (फनाम दोस्रो) ८ औँ शताब्दीमा धार्मिक सहरका रूपमा विकास र जुदाहको प्रशासनिक केन्द्र बन्यो । लगभग दुईपटक ध्वस्त भइसकेको यो सहर २३ पटक सैन्य कब्जा, ५२ पटक आक्रमण झेलेको छ भने ४४ पटक कब्जामा परिसकेको छ । यो सहर चार भागमा विभाजित छ आज : १– आर्मेनियन, २– क्रिस्टियन, ३– यहुदी, ४– मुस्लिम । यो सहरलाई १९८१ मा विश्व सम्पदाको सूचीमा समावेश गरिएको छ । जेरुसेलमलाई सुन्नी स्लामहरूले मक्का र मदिनापछि तेस्रो पवित्र सहरका रूपमा लिने गर्दछन् । यही कारण यो ऐतिहासिक सहर (धार्मिक आस्था राख्नेहरूका कारण) मा अमेरिकाले आँखा गाडेको हो । त्यसकारण जेरुसेलम विनाद प्यालेस्टाइन–इजरायल केन्द्रबिन्दुका रूपमा रहँदै आएको छ ।

सन् १९४८ तिर अरब–इजरायल युद्धका बेला पश्चिम जेरुसेलम इजरायलले कब्जा गर्यो र पूर्वी जेरुसेलम जोर्डनले कब्जा गरेर आफ्नो भूभागमा समाहित गर्यो । सन् १९६७ मा इजरायल–जेरुसेलम ६ दिने युद्ध भयो । त्यसपछि युद्धमा जोर्डनको हार भयो र जेरुसेलम इजरायलले कब्जामा लियो । सन् १९८० मा इजरायलले जेरुसेलम ल पारित ग¥यो । त्यसपछि आफ्ना कार्यालय जेरुसेलम केन्द्रित गर्ने इजरायली निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गर्यो । त्यो भूभाग प्यालेस्टाइनले आफ्नो भूमि भएको दाबी गरिरहेको छ । हाल इजरायलले जेरुसेलममा महत्वपूर्ण सरकारी र गैरसरकारी संस्थाका कार्यालयहरू राखेको छ जसमा हिब्रु विश्वविद्यालय र इजरायली सङ्ग्रहालय रहेका छन् । सन् १९८० देखि यो सहरमा कुनै विदेशी दूतावासहरू छैनन् तर सन् २०१७ को २१ डिसेम्बरमा अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा भएको निर्वाचनमा १२८ देश अमेरिकी राजदूतावास राख्ने निर्णयका विरुद्ध, ३५ जना अनुपस्थित र ६ देश मात्र अमेरिकाका पक्षमा रहे । सन् २०१५ को रेकर्डअनुसार ८,५०,००० जनसङ्ख्यामध्ये २ लाख इजरायली धर्मनिरपेक्ष जेदाही, ३,५०,००० हरेदी गेहादी, ३,००,००० प्यालेस्टिनी रहेका थिए ।

यसको पृष्ठभूमिलाई हेर्ने हो भने जेरुसेलम जेहादी राष्ट्रवाद र प्यालेस्टिनी राष्ट्रवादको उत्पत्ति थलो भएको (५,००० वर्ष पुरानो इतिहास) जानकारहरू बताउँछन् । जेहादी सार्वभौमिकताको यो सहर विकासमा महत्वपूर्ण भूमिका रहेको इजरायली जेहादीहरूको पालामा इजरायलेट जोध (मजयमज) अधिराज्यको राजधानी रहेको दाबी गर्दै आएका छन् । यसको ठीक विपरीत प्यालेस्टिनीहरूले जेरुसेलमलाई धार्मिक सहरका रूपमा विकस गरेको र प्यालेस्टिनीहरूको भूमि रहेको दाबी गर्दै आएका छन् । सन् १९४९ डिसेम्बर ५ मा इजरायलका प्रधानमन्त्री डेबिड बेन गुरियनले आफ्नो देशको राजधानी बनाउने प्रयत्न गरेका थिए । सन् १९८० को जेरुसेलम लले एकीकृत बनाउने घोषणा गरे । त्यसलाई सन् १९९५ मा अमेरिकाको काङ्ग्रेसले जेरुसेलम एक्ट पारित गर्यो र त्यसलाई पारित गर्न २०१७ मा ट्रम्पले प्रस्ताव गरे पनि चीन, रुसजस्ता देशहरूसहित १२८ देशेले अस्वीकार गरेपछि अमेरिकालाई ठूलो झट्का लाग्यो ।

किन अमेरिकाले प्यालेस्टिनी भूमिलाई इजरायलको राजधानी बनाउन खोज्दैछ ?

लामो समयसम्म इजरायल र प्यालेस्टिनका बीचमा युद्ध भइरहोस् र आफ्ना हतियारको बजारका रूपमा इजरायल र प्यालेस्टाइन बनाउँदै छिमेकी देशहरूमा आफ्नो दबदबा बढाएर सिङ्गो अरब विश्व अर्थात् मध्यपूर्वमा रहेका प्राकृतिक स्रोतसाधन, विशेषगरी पेट्रोलियम पदार्थमा आफ्नो नियन्त्रण राख्न चाहन्छ । दोस्रो, ट्रम्प आफैँ क्रिस्चियन हुन् । उनी क्रिस्चियन हुन् भने बाइबलको सुरुमा लेखिएको– तिम्रा प्रतिस्पर्धीहरू जहाँ जन्मिन्छन् तिनीहरूलाई भौतिक रूपले सखाप पार्नु भन्ने कुरा उनले बुझेका छन् । अर्को, इजरायल, प्यालेस्टिन हुँदै ऊ सधैँ आफ्ना लागि खतरा मान्दै आएको देश इरानमाथि धार्मिक रूपले हस्तक्षेप गर्न चाहन्छ । स्लाम धर्मका समुदाय सिया र सुन्नी हुन् । जेरुसेलम सिया धर्मावलम्बीहरूको मक्का र मदिनापछिको अर्को पवित्र स्थल मान्ने गर्दछन् । यसको अर्थ यो सहर सियाबहुल नै हो । यो सहर इजरायलले कब्जा गरेमा सिया समुदायको सबभन्दा ठूलो देश इरान हो, फलस्वरूप धार्मिक हिसाबले इरानमाथि हमला भएको ठहरिनेछ ।

अमेरिकाले इजरायललाई प्रयोग गरेर सिया र सुन्नी सम्प्रदायमा तिक्ततापूर्ण सम्बन्ध रहोस् जसले गर्दा इरान–इजरायल सम्बन्ध वाक्युद्धबाट युद्धको स्तरमा पुगोस् भन्ने अमेरिकाले चाहेको छ । त्यसले गर्दा अरब जगत्मा एकाधिकार जनाइरहेको साउदी अरब र इरानबीचमा पनि खटपट आउनेछ । वस्तुतः अरब जगत् धार्मिक युद्धमा जाओस् भन्ने अमेरिकी साम्राज्यवादको योजना हो । जसरी जर्ज डब्लू बुसले घुमाउरो तरिकाले आफ्ना सैनिकहरूलाई इराक पठाएर चिहान पारे त्यसैगरी इरानलाई पनि युद्धमा तान्ने प्रयत्नमा अमेरिका रहेको छ । अमेरिकाले जेरुसेलममा अस्थिरता बढाएर सिया समुदाय र सुन्नी स्लामीबीचमा साम्प्रदायिकता पैmलाउन खोजेको छ । अर्को अरब जगत्मा लगभग अमेरिकाले आफ्नो प्रभुत्व जमाइसकेको छ । इरान, पाकिस्तान र अरू केही देशबाहेक अब उसको मिसनमा बाँकी बचेका देशलाई युद्धमा धकेल्ने वा आन्तरिक द्वन्द्वमा फसाउने र त्यहाँ आफ्नो बहुराष्ट्रिय निगम पठाएर तेललगायत अन्य प्राकृतिक स्रोत र साधन दोहन गर्ने रणनीति अपनाइरहेको छ । मध्यपूर्वमा यमन, सिरिया, इराक, प्यालिस्टाइन र यता अफगानिस्तानमा प्रत्यक्ष रूपमा अमेरिकाले सैन्य हमला गरिरहेको छ । गत वर्ष आफ्नै सहयोगी देश टर्कीमाथि सैन्य कु गराउन धार्मिक नेता मुल्लाह फतेनलाई अमेरिकामा शरण दिएपछि टर्की–अमेरिका सम्बन्ध युद्धस्तरमा पुगेको छ । पश्चिमा बुद्धिजीवीहरूको भनाइमा विश्वास गर्ने हो भने अबको युग एसियन युग हो । बेलायती लेखक तथा पत्रकार गाइडियन राचम्यानले स्टर्नाइजेसन वार एन्ड पिस इन द सेन्चुरीमा अमेरिका र युरोपको नेतृत्व एसिया सरेको दाबी गरेका थिए । त्यस्तै, राचम्यान स्टर्नाइजेसन अर्थात् पूर्वीकरण, फ्रान्सिस फुकुयामाले सिन्डिकेट प्रोजेक्टजस्ता पुस्तकमा अबको युग एसिया सरेको दाबी गर्न थालेका छन् । यसर्थ अमेरिकाको राज्यको चरित्र साम्राज्यवादी भएको हुनाले टर्कीबाट रुसतर्पm, प्यालेस्टिनबाट अरब जगत्तर्पm, विशेषगरी इराक हुँदै पूर्व इरान र भारत तथा सुदूरपूर्वी दक्षिणकोरिया र जापानमार्पmत चीन तथा रुस र जनगणतन्त्र कोरिया (उत्तरकोरिया) मा प्रवेश गर्न खोजिरहेको छ ।

निष्कर्ष

हिजो जसरी जर्ज डब्लू बुसले इराकमा आफ्नो सेना पठाउन सुरुमा रासायनिक हतियार प्रयोग गरिएको भनी त्यसको जाँच गर्न वैज्ञानिक र पछि आफैँले केही रासायनिक हतियार सैन्य टोली पठायो । अन्ततः सिया र सुन्नीबीचको अन्तरविरोधमा खेलेर मुस्लिम संस्कृतिमाथि सैन्य हस्तक्षेप गरी तहसनहस पार्नुका साथै इराकको प्राकृतिक सम्पदा कब्जामा लियो । त्यसैगरी इजरायलको राजधानी जेरुसेलम शोषण गरी यी दुई देशलाई युद्धमा धकेलेर त्यो धार्मिक तथा साम्प्रदायिक युद्ध क्रमशः अरब जगत् हुँदै अन्य एसियाली देशमा पुर्याउने अमेरिकी साम्राज्यवादको नीति देखिन्छ । तत्कालीन अवस्थामा अमेरिकी साम्राज्यवादले यमन, सिरिया, अफगानिस्तान, इराक, प्यालेस्टाइन, कतार र इजरायलमा हस्तक्षेप गरिरहेको भए पनि उसको दीर्घकालीन लक्ष्य सुन्नी बहुल देश इरान, पाकिस्तान हुँदै पूर्वी एसिया नै हुनेछ । यो अमेरिकी साम्राज्यवाद (अब उत्तरसाम्राज्यवाद) ले जसरी इजरायली–अमेरिकी हाइब्रिड सेनाले प्यालेस्टिनमाथि ज्यादती गरेको छ त्यसको सम्पूर्ण कम्युनिस्ट, प्रगतिशील तथा सच्चा क्रान्तिकारीहरूले कमजोर देशमाथिको साम्राज्यवादी उतपीडनका विरुद्ध विवादित जेरुसेलमलाई इजरायलको राजधानी बनाउने निर्णयलाई कमजोर राष्ट्रमाथि साम्राज्यवादी हस्तक्षेपका रूपमा बुझ्न जरुरी छ । स्रोत : रातो खबर साप्ताहिक

२०७४ फागुन २१ गते बेलुका ७ :०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :