क्रान्तिकारीकाे अध्यक्षमा लामिछाने

काठमाडौं : अखिल (क्रान्तिकारी) चितवनको ३० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रमेश लामिछानेको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ । जसको उपाध्यक्षमा शुसन पौडेल, सचिवमा प्रकाश तामाङ र सहसचिवमा सुदिप पौडेल निर्वाचित भएका छन् । सोमबार रामपुर क्याम्पसमा सम्पन्न सम्मेलनको उद्घाटन अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष लालबहादुर तामाङले गरेका थिए । सम्मलेनमा नेकपाका पश्चिम तामसालिङ ब्यूरो इन्चार्ज आधार, चितवन इन्चार्ज लालबहादुर बिसी, सेक्रेटरी धुर्ब खड्का, अखिल (क्रान्तिकारी)का पश्चिम तामसालिङ संयोजक रुद्र प्रसाद भटराई, केन्द्रीय सदस्यहरु प्रकाश चन्द र लक्षुराम विक, योङ रेड फोर्सका चितवन संयोजक अटल श्रेष्ठ अतिथिको रुपमा उपस्थित थिए ।

२०७४ फागुन २१ गते अपरान्ह ५ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :