बाजुराका कैदीबन्दी भोकभोकै, राजबन्दीद्वारा दसैँखर्च बहिष्कार

बाजुराका कैदीबन्दी भोकभोकै, राजबन्दीद्वारा दसैँखर्च बहिष्कार

काठमाडौँ : बाजुरा कारागारमा रहेका कैदीबन्दीले सरकारले दसैँखर्च भनेर दिएको जम्मा तीन सय रुपैयाँ बहिष्कार गरेका छन् । राजनीतिक आस्थाका ११ राजबन्दीले आफूहरूलाई राज्यले अपमानित गरेको भन्दै दसैँखर्च लिन अस्वीकार गरेका हुन् ।

राज्यले कैदीबन्दीलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरेकाले दसैँखर्च नलिने निर्णय गरेको उनीहरूले बताएका छन् । महँगीले आकाश छोएको र राज्यले दैनिक छुट्ट्याएको दैनिक ६० रुपैयाँ र सात सय ग्राम चामलले बिहान–बेलुकाको खाना र नास्ता पेटभरि खान नपुग्ने उनीहरूको भनाइ छ । राज्यले कैदीबन्दीहरूलाई राम्रो व्यवहार नगरेकाले दसैँखर्चका रूपमा दिन लागिएको तीन सय रूपैयाँ नलिने निर्णय गरिएको उनीहरूले बताएका हुन् ।

बाजुरा कारागारमा नेपाल कम्युनिस्ट पार्टीका केन्दीय सदस्य चूडामणि ओली ‘आदर्श’ सहित राजनीतिक आस्थाका ११ जना राजबन्दी रहेका छन् ।

बाजुरा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएकाले उनीहरूलाई खान, बस्न, सुत्न, हिँडडुल गर्नदेखि शौचालय जानसमेत समस्या भएको पाइएको छ । कारागारको कुल क्षमता २५ जना भए पनि हाल ५० भन्दा बढी कैदीबन्दी कोचेर राखिएको कैदीबन्दीहरूको भनाइ छ । धेरैजना एकै ठाउँमा लामो समयसम्म कोचिएर बस्नुपरेकाले कैदीबन्दीमा विभिन्न स्वास्थ्य समस्या देखिएको छ ।

आन्तरिक प्रशासनका नाममा नाइके राखेर बन्दीहरूमाथिद मन गरिएको पनि कैदीबन्दीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :