‘कोरोना सङ्क्रमितलाई राज्यले नै उपचार गराउनुपर्छ’

‘कोरोना सङ्क्रमितलाई राज्यले नै उपचार गराउनुपर्छ’

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा साउदीले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमितको सम्पूर्ण उपचार सरकारले नै गर्नुपर्नेमा जोड दिएको छ । मोर्चाका अध्यक्ष कसम मगर र महासचिव टीकाराम ओलीले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण कोरोना सङ्क्रमित बिरामीहरूलाई राज्यले उचित उपचार गर्नुपर्ने र कोरोनाबाट मृत्यु हुनेहरूको शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देश कोरोना आक्रान्त बनिरहेको परिस्थितिमा कोरोना सङ्क्रमणका बिरामीहरू दैनिक रूपमा दिन दुई गुणा रात चौगुणा बढिरहेको यस जटिल परिस्थितिमा आफूले आफैँलाई सर्वहारा जनताको पार्टी र सरकार भन्ने निकायबाट नै जुन गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आएको छ सो विषयमा हाम्रो गौरवशाली सङ्गठन नेपाली जनप्रगतिशील मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनतालाई खाईनखाई कर तिर्न बाध्य बनाउने, त्यही जनतालाई प्राणघातक कोरोना लाग्दा स्वास्थ्यसेवामा जुन खालको भ्रष्टाचार र दलाललीकरण गर्दै जनता मार्ने सरकार जनताप्रति उत्तरदायित्व होस् । उनीहरूले नै बनाएको संविधानसम्मत सेवा पनि दिन नसक्ने भन्दै सरकारले आफ्नो गैरजिम्मेवार अभिव्यक्ति दिई हात उठाउने काम गरेको छ, त्यो निर्णय तुरुन्त फिर्ता लेओस् र आमनेपाली जनताहरूले आफ्नो स्वास्थ्यप्रतिको हकअधिकार सुनिश्चित गर्न त्यो वातावरण सरकारले तुरुन्त लागू गर्नुपर्छ र सम्पूर्ण कोरोना सङ्क्रमित बिरामीहरूलाई राज्यले उचित जाँच र उपचार गर्नुपर्छ । कोरोनाबाट मृत्यु हुनेहरूको लासलाई व्यवस्थापान गर्नु सरकारको जिम्मेवारीअन्तर्गतको विषय रहेकाले सरकारलाई नेपाली जनप्रगतिशील मोर्चा गम्भीर ध्यानाकर्षण गराउँछ । सो निर्णय तुरुन्त सच्याउन जोडदार माग पनि गर्दछौँ ।’ विज्ञप्तिकाे पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :