कपिलवस्तुका सहिद परिवार सङ्गठित

कपिलवस्तुका सहिद परिवार सङ्गठित

काठमाडौँ : जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपाल कपिलवस्तुको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले वीरबहादुर विकको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सङ्गठनको सचिवमा शेषबहादुर शुक्ला र कोषाध्यक्ष भेगबहादुर थापा रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा कपिलवस्तुका इन्चार्ज जुझारुले महान् सहिद, बेपत्ता तथा घाइते योद्धाहरूका सपनाहरू पूरा नभएकाले ती अधुरा सपनाहरू पूरा गर्न एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्ने बताए । उनले क्रान्तिमार्फत महान् सहिदहरूको सपना पूरा हुने भएकाले सहिद तथा बेपत्ता योद्धाका परिवार क्रान्तिका पक्षमा उभिनुपर्ने बताए ।

जिल्ला सेक्रेटरी शेरमानले दलाल पुँजीवादी राज्यव्यवस्थाविरुद्ध लडेर स्थापना हुने वैज्ञानिक समाजवादले मात्र सहिदहरूको सपना पूरा गर्ने बताए । सङ्गठनकी ब्युरो संयोजक जया पौडेलले सहिदको रगत र बलिदान बेचेर खाने दलालहरूविरुद्ध सङ्घर्षको विकल्प नभएको भन्दै सहिद परिवार एक हुनुपर्ने बताइन् ।

वीरबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन टेकबहादुर पुन र स्वागत मन्तव्य भेगबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :