विजयको निधनप्रति नेकपाद्वारा श्रद्धाञ्जली व्यक्त

विजयको निधनप्रति नेकपाद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले शोक विज्ञप्ति जारी गरी पार्टी जिल्ला सदस्य रङ्गलाल न्यौपाने ‘विजय’ को कात्तिक ५ गते राती कर्णाली चिसापानीमा सडक दुर्घटनामा परी भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । इन्चार्ज विकास र सेक्रेटरी प्रकाशमानले बिहीबार जारी गरेको विज्ञप्तिमा पार्टी जिल्ला सदस्य विजयको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला सङ्गठन समितिका सदस्य, वैज्ञानिक समाजवाद प्राप्तिका खातिर एकीकृत जनक्रान्तिका सहयात्री, इमानदार, जुझारु, लगनशील एवम् जनप्रिय युवा नेता रङ्गलाल न्यौपाने ‘विजय’ को ५ गते राती १२ बजे कर्णाली चिसापानीमा सडक दुर्घटनामा परी भएको असामयिक निधनको खबरले हामी स्तब्ध भएका छौँ तर उक्त घटना केकति कारणले हुन गएको हो भन्ने विषयमा पार्टी र परिवार अनभिज्ञ रहेकाले थप अनुसन्धानको विषय बनेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उहाँको यो अप्रत्याशित निधनले सिङ्गो पार्टीपङ्क्ति र परिवारलाई अपूरणीय क्षति भएको छ । यस दुःखद् घडीमा प्रिय कमरेडप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :