काठमाडौँ : नेकपा कालीकोटले बिहीबार रास्कोट फुकोटका बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ ।
राष्कोट सान्नीघाटमा पीडितहरूलाई जम्मा गरेर जिल्ला इन्चार्ज विराट, जिल्ला सेक्रेटरी रणदीप, गापा इन्चार्ज वसन्तले राहत वितरण गरेको जानकारी जिल्ला सेक्रेटरी रणदीपले दिएका छन् । जिल्ला इन्चार्ज विराटले राहत वितरणको कामलाई जिल्लाका सबै क्षेत्रमा पुर्याइने बताएका छन् ।
राहत पाएका बाढीपीडितहरूले विप्लव नेतृत्वको नेकपाले दिएको राहतले वास्तविक र नक्कली बाढीपीडितहरूको पहिचान गराएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरुले सही पीडितको पहिचान गर्दा नक्कली बाढीपीडितहरू लजाएको भन्दै यस्तो चुनौतीपूर्ण अवस्थामा पनि राहत वितरण गरेकोमा नेकपालाई धन्यवाद दिए । पीडित परिवारले पार्टीको प्रगति र सफलताको कामना गरेको गउँ समितिका सेक्रेटरी वसन्तले बताए । नेकपाले बिहीबार पनि प्रतिपरिवार एक बोरा मसिना चामल वितरण गरेको हो ।