युवा सङ्गठनको गाउँ भेला सम्पन्न

युवा सङ्गठनको गाउँ भेला सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कालीकोट एरिया नम्बर ६ को पाखाँ गाउँमा युवा सङ्गठन नेपालको दोस्रो गाउँ भेला सम्पन्न भएको छ । कार्यक्रम युवा सङ्गठन नेपालका विशाल विकको अध्यक्षता, जिल्ला सेक्रेटरी मनिलाल ऐडी ‘रणदीप’ को प्रमुख आतिथ्य र एरिया इन्चार्ज रमेश चदारा, युवा सङ्गठन नेपालका जिल्ला कोषाध्यक्ष कल्पनालगायत नेता, कार्यकर्ता र युवाको उपस्थितिमा सम्पन्न भएको समाचारमा जनाइएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी रणदीपले नेपाली काङ्ग्रेस मिति सकिएको औषधी र सरकारी नेकपा मिति नै नभएको औषधीजस्तै रहेको बताए । मुलुकका यी दुई ठूला पार्टीले चलाएको पुँजीवादी दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भैसकेकाले अब युवाहरुले असफल व्यवस्थाको दास नभएर विद्रोह गरी एकीकृत जनक्रान्तिमार्फत प्राप्त हुने वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आफूलाई तयार गर्नुपर्ने बताए ।

उक्त भेलाले १९ सदस्यीय युवा सङ्गठन नेपाल निर्वाचित गरेको छ । एरिया इन्चार्ज रमेशले नवनिर्वाचित समितिलाई बधाई दिएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :