नेकपा दैलेखले बाँड्यो स्वास्थ्य सुरक्षा सामग्री

नेकपा दैलेखले बाँड्यो स्वास्थ्य सुरक्षा सामग्री

काठमाडौँ : देशभर जनसेवाका काममा तल्लीन रहेको नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको जानकारी प्राप्त भएको छ । नेकपाले दैलेखका आठबीस नगरपालिकाको वडा नं १ सात्तला, वडा नं ६ सिहासैन र ठाँटीकाँध गाउँपालिकाको वडा नं ६ तौलिपाटा आग्र, वडा नं ५ लामामेला, वडा नं १ नदाई, सिराडी वडा नं ५ को गैरेगाउँ र गुराँस गाउँपालिकाको स्यालभैरीका जनसमुदायलाई सेनिटाइजर र मास्क वितरण गरेको हो ।

दसैँको समयमा गाउँतिर आवतजावत बढी हुने र कोरोना जोखिम बढ्ने भएकाले जनतालाई बचाउन नेपाल कम्युनिस्ट पार्टी दैलेखको योजना र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश तिरुवाको पहलमा तीन लाख रुपैयाँबराबरको सेनिटाइजर र मास्कको व्यवस्था गरी जनसमुदायलाई वितरण गरिएको हो ।

गुराँस गाउँपालिकामा सेनिटाइजर र मास्क वितरणको जिम्मा जिल्ला सेक्रेटरी मादुरो, आठबिस नगरपालिकामा सुदर्शन र प्रकाश, ठाँटीकाँध गाउँपालिकामा सङ्केत, शरद र प्रतीक्षाको रहेको जानकारी नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दीपेन्द्रले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :