नेपालमा आज ३,०९३ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ७६५ पुग्यो

नेपालमा आज ३,०९३ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ७६५ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ९३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १ हजार ७०२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँका १ हजार ४३१, ललितपुरका १२३ र भक्तपुरका १४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार १०८ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । यो कुल संक्रमितको ६९ दशमलव ४ प्रतिशत हो ।

यसैगरी नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४१ हजार ७७५ रहेको छ । त्यसमा आई.सी.यु.मा २७३ जना र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना, होम आइसोलेसनमा २८ हजार १९६ जना र क्वारेन्टाइनमा ४ हजार २२० जना रहेका छन् ।

मन्त्रालयका अनुसार ५०० बढी संक्रमित हुने जिल्लाहरु भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत रहेका छन्, भने सून्य संक्रमित भएको जिल्ला मुस्ताङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :