वली सरकारको गैरजिम्मेवार निर्णयप्रति मानव अधिकार तथा शान्ति समाजकाे विरोध

वली सरकारको गैरजिम्मेवार निर्णयप्रति मानव अधिकार तथा शान्ति समाजकाे विरोध

काठमाडौं : उपचारका लागि अत्यावश्यक आईसीयु, भेन्टिलेटरसहितका अस्पतालहरुको सङ्ख्या बृद्धि गर्नुको सट्टा कोरोना संक्रमणको उपचार विरामीले आफ्नै खर्चमा गर्नुपर्ने वली सरकारको गैरजिम्मेवार निर्णयप्रति मानव अधिकार तथा शान्ति समाजले विरोध जनाएको छ । महासचिव सुशील बस्नेतले मङ्गलबार विज्ञप्ति जारी गरी नागरिकको स्वास्थ्य, शिक्षा र जीवनयापनका सवालमा गम्भीर भई आवश्यक प्रबन्धसहितको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

महासचिव सुशील बस्नेतले विज्ञप्तिमा भनेका छन्, ‘लकडाउनको चपेटामा परी आर्थिकरुपमा जीर्ण हुँदै गएको नागरिकहरुको जीवनयापनका लागि सरकारले हरसम्भव राहतका प्याकेज ल्याउनुपर्नेमा स्वास्थ्य उपचारको समेत जिम्मेवारी नलिने निर्णय गरी चरम गैरजिम्मेवारीपन प्रस्तुत गरेको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र बाँकीको खर्च लाग्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :