नेकपा कालीकोटले बाँड्यो बाढीपीडितलाई राहत

नेकपा कालीकोटले बाँड्यो बाढीपीडितलाई राहत

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले सान्नीत्रिवेणी मेहेलमुडीका ३२ घरधुरी बाढीपीडितलाई १–१ बोरा मसिना चामल राहतका रूपमा वितरण गरेको छ ।

मानेगडामा जिल्ला इन्चार्ज विराट, एरिया इन्चार्ज किरण, युवा सङ्गठन नेपालका कालीकोट अध्यक्ष आत्मा क्षेत्रीलगायतको उपस्थितिमा राहत वितरण गरिएको जानकारी युवा सङ्गठन नेपाल कालीकोटका अध्यक्ष आत्मा क्षत्रीले दिएका छन् ।

राहत वितरण कार्यक्रममा जिल्ला इन्चार्ज विराटले दुःखी–गरिबको मुक्तिका लागि लड्ने एक मात्र पार्टी नेकपा भएकाले आफ्नो पार्टीले वास्तविक बाढीपीडितलाई राहत दिएको बताए ।

राहत प्राप्त गरेपछि बाढीपीडित अटल विकले नेकपाले बाँडेको राहतले धेरै ठूलो उद्धार भएको बताए । उनले वास्तविक पीडितको तथ्याङ्क सङ्कलन गरी राहत दिएकोमा नेकपा धन्यवादको पात्र बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :