पार्टी हितविपरीत कार्य नगर्न नेकपा अन्तर्राष्ट्रिय विभागको चेतावनी

पार्टी हितविपरीत कार्य नगर्न नेकपा अन्तर्राष्ट्रिय विभागको चेतावनी

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले प्रेस विज्ञप्ति जारी गरी नेकपा अन्तर्राष्ट्रिय विभागको लेटरहेड, इन्चार्जको हस्ताक्षर र अन्तर्राष्ट्रिय विभागको छाप नक्कल गरी पार्टी हितविपरीत भ्रामक प्रचार गरेको भन्दै त्यसप्रकारका गलत क्रियाकलाप नगर्न चेतावनी दिएको छ ।
अन्तर्राष्ट्रिय विभागका कार्यालय सचिव विप्रमाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा यही माघ १४ गते नक्कली लेटरहेड र छाप प्रयोग गरी रमेश गिरीका बारेमा सार्वजनिक गरिएको सामग्री नक्कली भएको र अबआइन्दा यसप्रकारका भ्रामक र पार्टी हितविपरीत हर्कत नगर्न चेतावनी दिइएको छ । विज्ञप्तिमा गलत नियत र उद्देश्यले गरिएको भ्रामक र प्रायोजित सामग्रीका कारण भ्रममा नपर्न विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आग्रह पनि गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा सक्रिय पार्टी समर्थक मोर्चाहरूले मानव तस्करहरूबाट ठगिएका नेपालीहरूलाई गरेको उद्धार र जनपक्षीय कार्यबाट अत्तालिएका पार्टी नीतिविरोधी तत्वले यस्तो हर्कत गरेको नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग ठहर गर्दछ । गलत तथा खराब प्रवृत्तिका विरुद्धमा मोर्चाको लोकप्रियताबाट अत्तालिएका र विचलित भएका व्यक्तिहरूको गलत हर्कतबारे पार्टीले छिट्टै छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने नै छ । विदेशमा रहेका सबै मोर्चाहरूलाई दृढतापूर्वक क्रियाशील हुन र मानवतस्करको भण्डाफोर गर्दै अलपत्र परेका नेपालीहरूलाई उद्धार र राहतमा जोडिन अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :