मृगौला पीडितलाई नेकपा तारकेश्वर नगर समितिद्वारा आर्थिक सहयोग

मृगौला पीडितलाई नेकपा तारकेश्वर नगर समितिद्वारा आर्थिक सहयोग

लामो समयदेखि प्यारालाईसिस र अन्य रोगबाट ग्रसित हाल दुवै मृगौला फेल भएकी तारकेश्वर नगरपालिका घर भएकी ४७ वर्षकी कसमाया श्रेष्ठलाई नेपाल कम्युनिष्ट पार्टी तारकेश्वर नगर समितिले आर्थिक सहयोग गरेको छ । तारकेश्वर नगर समितिले श्रेष्ठलाई नगद रु. ८००० सहयोग गरेको छ ।

नगरका इन्चार्ज कुमार श्रेष्ठ र काठमाडौं जिल्ला पार्टीका कार्यालय सचिव ज्योतिको पहलमा उक्त सहयोग काठमाडौंको स्थित वीर हस्पिटलमा गई दुई वटै मृगौला फेल भएकी पिडित महिलालाई सहयोग हस्तान्तरण गरेको हो ।

१०/११ दिनदेखि नेफ्रालोजीको बेड नं. ३२ माबसि उपचार गरिरहेकी पिडितको आर्थिक अवस्था निकै नाजुक भएकोले आवश्यक खर्च गर्न नसकिएको र काठमाडौं जिल्ला पार्टीलाई र स्थानीय जनसमुदायमा सहयोगका लागि अनुरोध गरेका कारणले सो सहयोग गरेको इन्चार्ज कुमार श्रेष्ठले बताएका छन् ।

तारकेश्वर नगरका इन्चार्ज तथा नेकपा जिल्ला पार्टीका कार्यालय सचिव ज्योतिले सहयोगी संघसंस्था लगायत सहयोगी हातहरुलाई उनको उपचारका लागि अपिल समेत गरेका छन् ।
सहयोगीका लागि पीडित भाई बुहारीको मोबाइल नं. ९८४९५२४००१ सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :