कालिन्चोक वडा नं. २ को भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरि १३ जना नेकपा प्रवेश

कालिन्चोक वडा नं. २ को भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरि १३ जना नेकपा प्रवेश

दोलखा: नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला अन्तरगत कालिन्चोक गाउँपालिका वडा नं. २ को प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरि १३ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुमा नन्दु थामी, महेन्द्र थामी, कमल थामी, मङ्लाबिर थामी, लाल बहादुर थामी, ज्ञान बहादुर थामी, हेम थामी, सुकबिर थामी, मैतालाल थामी, तारा बहादुर थामी, वीर बहादुर थामी रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् पार्टीका दोलखा जिल्ला सेक्रेटरी आकाश शर्माले नवप्रवेशीहरुलाई खादा र अविर लगाई पार्टी प्रवेश गराएका थिए । आफ्नो महत्त्वपूर्ण भनाई राख्दै आकाशले उपस्थित जनसमुदायहरुलाई दलालहरुले सत्ता, सरकार संचालन गरेकाले श्रमजीवी, उत्पीडित जनताले अधिकार नपाएको बताए । मन्तव्यको क्रममा उनले जनताको अधिकार सुनिश्चित गर्नको लागि जनमतसङग्रह गर्दै वैज्ञानिक समाजवादमा जानुपर्ने बताए । त्यस्तै सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गराउन सबै जनतालाई आन्दोलनमा आउन आग्रह गर्दै एमसीसी रास्ट्रघाती भएकोले सबै ग्रामीण बस्तीका जनताले पनि बहिष्कार गर्नु पर्ने, एमसीसी पास गर्ने दलालहरुलाई सहर गाउँ सबै तिरबाट लखेटनु पर्ने बताए । उनले दलाल, भ्रष्टहरुले जहाँ भ्रष्टाचार गर्छन्, त्यहाँ नेपाल कम्युनिस्ट पार्टीले भण्डाफोर गर्ने समेत बताए ।
उक्त भेलाले नन्दु थामीको नेतृत्वमा २३ सदस्यीय वडा समिति निर्वाचित गरेको छ ।
जयकुमार थामीको अध्यक्षतामा भएको उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा अतिथि कर्णबहादुर थामी, सुलिन, चन्द्र रहेका थिए भने पदम बहादुर थामीले कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :