चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्धि गरियोः इन्चार्ज बिष्ट

चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्धि गरियोः इन्चार्ज बिष्ट

दाङः अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्टले चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्धि गरिएको ठोकुवा गरेका छन् ।

नेकपा निकट संयुक्त जवस मोर्चाले दाङको घोराही स्थित तुलसीपुर चोकमा आयोजना गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिष्टले उक्त कुरा बताएका हुन् ।

उनले दलाल पुजीवादी राज्यसत्ताले जनताको ढाड सेक्ने गरि पटकपटक गरिएको मुल्यबृद्धि फिर्ता नगरेसम्म आफुहरुले संघर्ष जारी राख्ने समेत बताए ।
नेता बिष्टले मुल्यबृद्धिको विरोध गर्न आम जनसमुदायहरु सडकमा उत्रनु पर्ने धारणा राखे । उनले भने, `मुल्यबृद्धिको विरोध हामीले मात्रै गर्ने, हाम्रो मात्रै सरोकार होइन । यो मुल्यबृद्धिले आम जनताको ढाड सेक्ने काम गरेको छ, तपाईं हामी सबै मिलेर लडाइँ लड्ने हो ।`

कोणसभालाई सम्बोधन गर्दै जनक्रान्तिका महान सहिद परिवार संगठनका केन्द्रीय सदस्य धर्तीले दलाल पुजीवादी राज्यसत्ता रहेसम्म जनताले मुल्यबृद्धि लगायत तमाम सास्ती बेहोर्नुपर्ने बताए । उनले नेपाली जनताहरु यो भ्रष्ट संसदीय व्यवस्थाका विरुद्ध एकपटक एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको यात्रामा लामबद्ध हुन अपिल समेत गरे ।
नेता धर्तीले जनतालाई रैती दास बनाउने र पटकपटक मुल्यबृद्धि गरि जनताको उठिबास गराउने हर्कतका विरुद्ध आफुहरु निर्मम संघर्ष गरिरहने धारणा व्यक्त गरे ।


कोणसभा कार्यक्रमको सहजीकरण श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय समिति सदस्य सुरजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :